नेरा त्रिभुवनको हिरक महोत्सवको तयारी तिव्र

कौरव खत्री

गुल्मी १९पौष । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसार लाई तिव्रता दिएको छ ।

मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले गर्न लागेको शैक्षिक तथा धार्मिक हिरक महोत्सवको तयारीका लागि यति बेला प्रचारका सामग्रीहरु छपाई कार्य भइरहेको र सामाजिक सञ्जाल र मिडिया मार्फत प्रचार प्रसार अभियान अगाडी बढाईएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले जानकारी दिए ।

प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि विद्यालयले आँउदो माघ २१ देखि २९ गतेसम्म विद्यालयले शैक्षिक तथा धार्मिक हिरक महोत्सव सञ्चालन गर्न गइरहेको छ ।

हालसम्म भने विद्यालयले १० लाख बोल आर्थिक सहयोग संकलन गरेको विद्यालय श्रोतले जनाएको छ ।

२०ंं१४सालमा स्थापना भएको विद्यालयमा हाल भने कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ