जिल्ला समाचार

नेपाल हेल्पद्वारा मदानेको ओख्लेदह प्राविमा स्टेशनरी सामाग्री हस्तान्तरण

विवश विष्ट
मदाने, २० माघ । नेपाल हेल्प बसुन्धारा काठमाडौले मदाने गाउँपालिका वडा न १ मा रहेको श्री ओख्लेदह प्रा वि मा स्टेसनरी सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रम गर्दै ५० हजार बराबरको स्टेसनरी सामाग्री हस्तान्तरण गरेको हो । दराज, फिल्टर, डस्टबिन, कपि-कलम, बल, प्रेस सामाग्री सहित १८ प्रकारका सामाग्री हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकालले कार्यक्रममा बोल्दै यो सहयोगसँगै विद्यालयको व्यवस्थापनका लागि आवश्यक अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाले बोल्दै विद्यालयमा बिद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हेल्प डेस्कको स्थापना गर्ने र त्यसको लागि एउटा परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै बिद्यालयको भौतिक अवस्थालाई व्यवस्थापन गर्दै तारजालीको पहल, हलको निर्माण लगायतका विषयहरुमा पहल गर्ने प्रमुख ढकालले बताउनुभयो । शिक्षक दरबन्दीको लागि आवश्यक पहल गर्ने उहाँले बताउनुभएको छ ।

कार्यक्रममा उपस्थित कृषि अधिकृत गंगा राईले कृषि क्षेत्र र शिक्षा क्षेत्रलाई समान गतिमा लैजानु पर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्टले यो अवसर जुटाइदेकोमा नेपाल हेल्पलाई धन्यवाद ज्ञापन गर्नुभयो । ओख्लेदह प्रा वि मात्र नभएर अग्लुङ्गको समग्र विद्यालयहरुको शैक्षिक सुधारका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्ट, अधिकृत गंगा राई, मदाने सामुदायिक अस्पतालका इन्चार्ज यमलाल भुषाल, गंगा राई, मदाने सामुदायिक अस्पतालका अध्यक्ष मोतिराम केसि, नेपाल हेल्पका कर्मचारी प्रकाश भण्डारी, विद्यालयका प्रधानाध्यापक भरतबहादुर बिष्ट, पुर्व वि व्य स अध्यक्ष भगत बोहोरा, लाल बहादुर बिष्ट लगायतको उपस्थित रहेको कार्यक्रममा शुशिला चन्दले स्वागत मन्तव्य राखि स्वागत गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D