जिल्ला समाचार

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी शाखा गठन

गुल्मीन्युज
गुल्मी, असार १३ । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखा गठन भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रममा बिच शाखा गठन गरिएको हो । शुक्रबार नेपाल नेत्र ज्याेती संघ गुल्मीका सभापती शेर बहादुर थापाकाे सभापतित्वमा समाजको २६ औँ जिल्ला शाखा गठन गरिएको हो ।

तम्घासमा आयोजित भेलाले स्थानिय स्वयंसेवी रक्तदाता नमराज मरासिनीको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला तदर्थ समिति सर्वसम्मत गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा के.वि भण्डारी, काेषाध्यक्ष भेषराज पाण्डे र सचिवमा कृष्णप्रसाद पाण्डे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा वीर बहादुर कार्की, राजु मरासिनी, जनार्जन विष्ट, सन्ताेष कुवँर क्षेत्री, अर्जुन भण्डारी रहेका छन् ।

कार्यक्रममा विशेष अथिति गुल्मी अस्पताल तम्घासका मेडिकल सुपेरीटेण्डेण्ट डा. उत्तम पच्या र जुवान्द बेलबासे रहेका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D