जिल्ला समाचार

नेपाल विद्युत प्राधिकरण प्रती उपभोक्ताका गुनासै गुनासा, यि हुन् उपभोक्ताका गुनासा

रमेश विश्वकर्मा
गुल्मी, चैत्र १२ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मीले नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी गुनासो संकलन गरेको छ ।

मङ्गबार सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम गरेको हो । कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा सेवाग्राहीको गुनासो संकलन कार्य गरिएको बताईएको छ ।

के के गुनासा आए?
नेपाल बिद्युत प्राधिकरण गुल्मी शाखाले प्रदान गर्ने सेवामा ग्रामीण क्षेत्रका जनताहरुलाई विद्युत महशुल बुझाउन तम्घासमै आउनु पर्दा समस्या भएको, विद्युतीय तारहरु लत्रिएको, पुराना पोलहरु ढल्ने अवस्थामा कार्यालयमा जानकारी गराउँदा पनि समयमै प्राविधिकहरु जाने नगरेको, ग्रामीण क्षेत्रमा मिटर रिडरहरु मिटर रिडिङ्ग गर्न निर्धारित समयमा जाने नगरेको, बिद्युत प्रवाह नियमित हुन नसकेको, लगायतका गुनासोहरु आएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले जानकारी दिए ।

तत्कालन समाधान हुनसक्ने गुनासोहरुको बारेमा कार्यालयप्रमुख संग बसी गुनासाहरु तत्काल समाधान गराउने र बाँकी गुनासाहरुको निराकरणका उपाएहरुका सम्बन्धमा छलफल समेत गरिएको कार्यक्रम अधिकृत अञ्जना अधिकारीले जानकारी दिईन ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, सचिव विनोद पाण्डेय, कार्यक्रम अधिकृत अञ्जना अधिकारी, सहयोगी बिक्रम पन्थी र सन्तोष गैरेको उपस्थितमा सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D