नेपाल पत्रकार महासंघ गुल्मीको ८ औँ साधारण सभा सम्पन्न

कौरव खत्री
गुल्मी, १ पौष । नेपाल पत्रकार महासंघ गुल्मीको ८ औँ वार्षिक साधारण सभा आज सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले पत्रकार महासंघ गुल्मीले सम्पुर्ण पत्रकारहरुको हकहितको संरक्षण गदै व्यवसायिक पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारणका लागि पहल गरोस् भन्दै आगामी दिनमा पत्रकारितालाई सभ्य र अनुशासित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताए ।

साथै सोही कार्यक्रममा संस्थापक सदस्य भुवन प्रसाद अर्याल,हिरा ए.सी,लगायतले मन्तव्य राखेका थिए ।

केन्द्रिय पार्षद् कमल पौडेल,प्रेम सुनार,प्रदेश सभासद ज्ञान बहादुर महतरा,अर्जुन भण्डारी,सञ्जीवनी अर्याल,गणेश शारु लगायतको आतिथ्यता रहेको थियो ।

२०६१ साल वैशाख २६ गते स्थापना भएको जिल्ला शाखाको आज ८ औँ साधारण सभा कार्यक्रममा पत्रकार महासंघ गुल्मीका संस्थापक सदस्य कार्यसमिति सदस्य तथा साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालको अध्यक्षता रहेको कार्यक्रममा पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष तेजेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।भने कार्यक्रममा महासंघ गुल्मीका सह–सचिव नारायण प्रभात मरासीनीले सचिवको प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ