जिल्ला समाचार

नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सम्मेलन मङ्सिर २० र २१ गते : उद्घाटन गर्न देउवा आउने

टोपलाल अर्याल
गुल्मी, ३ मङ्सिर। नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सम्मेलन आउने मंसिर २० र २१ गते हुने भएको छ । मंसिर २ गते बसेको जिल्ला कार्यसमितिको २४ औं बैठकले सो निर्णय गरेको हो । बिधान अनुसार प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन विभिन्न कारण लामो समयदेखि हुन नसकेको काङ्ग्रेस गुल्मीले जनाएको छ ।

सम्मेलनको उद्घाटन गर्न पार्टीका केन्द्रिय सभापति शेर बहादुर देउवा र अरु वरिष्ठ नेताहरु आउने कार्यक्रम रहेको जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए । अहिले पार्टी केन्द्रिय कार्यसमितिमा गुटबन्दी देखिएकाले देउवासहित वरिष्ठ नेतालाइ एउटै मञ्चमा ल्याएर एकताको सन्देश दिन खोजिएको श्रेष्ठले बताए । सम्मेलनकै पहिलो दिन गुल्मी पार्टी कार्यालयमा स्थापना गरिएको सहिद सम्शेर बहादुर खत्रीको स्मारक अनावरण गर्ने कार्यक्रम पनि रहेको पार्टी सचीव खिल ध्वज पन्थीले बताए ।

सम्मेलनमा गाउँ कार्यसमितिका सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति गरि करिब साढे तीन सयको उपस्थिति रहने छ । सम्मेलनकै तयारीका लागि मङ्सिर ८ गते सबै स्थानीय तहमा एकैसाथ जिल्ला प्रतिनिधिको उपस्तिथिमा भेला गर्ने निर्णय गरेको पार्टी सचीव तथा प्रबक्ता बिस्नु सापकोटाले बताइन । सम्मेलन सफल बनाउन पार्टी जिल्ला कार्यसमिति, तरुण दल, नेबिसघ लगायतका भातृसंगठन परिचालन गरिने सापकोटाले जानकारी दिइन ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D