जिल्ला समाचार

नेपाली कांग्रेस गुल्मीको जागरण ईश्मा गाउँपालिकामा सम्पन्न

सन्तोष महतारा
गुल्मी, बैशाख ३० । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान साेमबार गुल्मीको इस्मा गाउँपालिकामा सम्पन भएको छ । नेपाली काङ्ग्रेसकाे देशव्यापी जागरण अभियान अन्तर्गत गुल्मीमा पनि सो अभियान सन्चालन भैरहेको छ ।

जिल्लाको सत्यवती गाउँपलिका, कालिगण्डकी गाउँपलिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका बिभिन्न स्थानहरुमा जागरण अभियान सम्पन्न गरेपछी पाँचौ अभियान सोमबार ईश्मामा सम्पन्न भएको हो । इस्मा गाउँपालिकामा प्रमुख अतिथिकाे रुपमा वाेल्दै हरि प्रसाद नेपालले पार्टीका हरेक गतिविधि मजवुत वन्दै जाने र सिङ्गाे देश नै अब अभियानका लागि महत्त्वपूर्ण भुमिका रहेकाे बताए ।

कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले लामाे समय पछिकाे अभ्यास पछि काङ्ग्रेस निर्णयमा पुगेकाे बताउनुभएको छ । उहाँले याे अभियान काङ्ग्रेस मात्रै हाेइन देश जगाउने अभियान भएकाे बताउनु भयाे ।

श्रेष्ठले अभियान जनताको बिचमा निकै लाभदायक र महत्त्वपूर्ण रहेकाे समेत उल्लेख गर्नुभयाे । जागरण अभियान तीन चरणमा हुने छ । पहिलाे चरण ३० दिने , दाेस्राे चरण १५ दिने र तेस्रो चरण १० दिने काङ्ग्रेसले बताएकाे छ ।

पहिलाे चरणकाे पाँचाै दिनमा इस्मा गाउँपालिका
जिल्लामा जारी जागरण अभियानका क्रममा बाेल्दै अधिकांश बक्ताहरुले कम्युनिस्ट सरकार अधिनायकवाद र लाजमर्दो स्थितिमा पुगेको आरोप लगाउँदै जागरण अभियान महत्त्व थप बढ्दै गएको बताएका थिए ।

अभियान एक महिना संचालन हुने छ । जसमा भाेली मालिका गाउँपालिकामा जागरण अभियान संचालन हुने नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिनुभएकाे छ ।

कार्यक्रममा अन्तरक्रिया तथा छलफल पनि भएकाे थियाे । कार्यक्रममा काङ्ग्रेसका विभिन्न भातृ संगठन तथा शुभेच्छुक संस्थाकाे लगायत ईश्मा गाउँपालिकावासीकाे उपस्थित रहेकाे थियाे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D