नेपाली कांग्रेसको दोस्रो जागरण अभियान गुल्मीमा भोली देखि सुरु हुँदै, क-कस्लाई खटायो कांग्रेसले गुल्मीमा ?

मनोज कार्की
गुल्मी, भाद्र २३ । नेपाली कांग्रेसले देशैभर १५ दिने दास्रो जागरण यहि भाद्र २४ गते मंगलबार देखि सुरु गर्ने भएको छ । बुधबार नेपाली कांग्रेस गुल्मीले बिपि स्मृति भवनमा पत्रकार सम्मेलन गर्दै गुल्मीमा पनि मंगलबार देखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने लागेको नेपाली कांग्रेस गुल्मीले जानकारी दिएको छ ।

देशमा संधियता आइसके पछि नागरिकले सरकारबाट भोग्दै आएका समस्याहरुको भन्डाफोर गर्ने कांग्रेसले बताएको छ । बजार भाउको महँङ्गी, दिनप्रतिदिन भएको ह*त्या-अपराध, भष्ट्रचार, अनियमितता लगाएतका बिषयमा जानकारी गराउँदै नागरिकको घरघरमा पुग्ने गुल्मी क्षेत्र नं १ मा खटिएका केन्द्रिय प्रतिनिधि तथा पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथि युवराज गिरिले बताए ।

नेपालीले सबै नागरिकका समस्याहरुलाई केन्द्रसम्म पुर्याइ समधान खोजेरै छाड्ने गिरिले प्रतिबद्धता गरेका थिए ।

गुल्मीका २ निर्बाचन क्षेत्रमा ४ जना केन्द्रिय प्रतिनिधि खटाएर जागरण अभियान गर्ने र जनताका आधारभुत आबश्यकता के के हुन त्यसको अध्ययन गरेपछि सबै आबश्यकतालाई केन्द्र सम्म पुर्यायउने अभियान रहेकाले सबै नागरिकले आफ्नो ठाउँबाट यो अभियानलाई सहयोग गर्ने नेपाली कांग्रेस जिल्ला सचिब बिष्णु सापकोटाले अपिल गरेकी छिन् ।

दोस्रो जागरण अभियानमा केन्द्रिय प्रतिनिधि क्षेत्र नं १ मा हरिध्वज मल्ल, युवराज गिरी खट्नेछन् भने क्षेत्र नं २ मा धन बहादुर मास्के र हिकमत बहादुर टण्डन खटिएको सापकोटाले जानाकारी दिएकी छिन् ।

दोस्रो जागरण अभियान मार्फत नेपाली कांग्रेसलाई ३ करोड नेपाली जनताको मनमा बस्ने दरिलो पार्टी बनाउनका निमित्त यो अभियान गुल्मीमा पनि थालिएको नेपाली कांग्रेस जिल्ला सचिब तथा जगरण अभियानका संगठनका संयोजक खिलध्वज पन्थीले जानाकारी दिए ।

नेपाली कांग्रेसले पहिलो जागरण अभियान जेठ २५ देखि बैशाख २५ सम्म गरि एक महिना चलाएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ