अनिश शर्मा गैरे
गुल्मी, ११ जेठ । नेपाली काँग्रेसका प्रवक्ता तथा युवा नेता विश्व प्रकाश शर्मा गुल्मी आउने भएका छन् ।
काँग्रेसले सुरु गरेको देशब्यापी जागरण अभियानको कार्यक्रमलाइ सम्बोधन गर्न यही जेठ २० गते विश्वप्रकाश गुल्मीको वामी आउने भएका हुन् ।
नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको नेपाल बिद्यार्थी संघ जिल्ला सभापति झविन्द्र पाण्डेले जानकारी दिए ।







