जिल्ला समाचार

नेपालमा कफी खेती सुरुवात गर्ने आँपचौर मै पुगेर दिवस मनाईयो

प्रेम सुनार

बुटवल , मंसिर १ । आज १४ औं राष्ट्रिय कफी दिवसका अबसरमा विक्रम सम्वत १९९५ सालमा गुल्मी आँपचौरका हिरा गिरीले वर्माबाट आफ्नो गाउँमा विउ ल्याई विरुवा रोप्न सुरु गरेको स्मरण गर्दैं उनी प्रति आज सम्मान प्रकट गरिएको छ ।

coffeeआज गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको सहित त्यहाँका सबै कार्यालय प्रमुखहरु सोही स्थानमा पुगेर उनि प्रति सम्मान प्रकट गरेका हुन । त्यस्तै मुसिकोट नगरपालिका मेयर सोमनाथ सापकोटाको टोली पुगेर सम्मान प्रकट गर्दै आँपचौरको कफी कृषकलाई प्रोत्साहित गर्न सय वोट कफी रोप्ने कृषकलाई जनही १० हजारका दरले प्रोत्साहन रकम र केहि किशानहरुलाई पुरस्कार समेत आज वितरण गरेको थियो ।

कार्यक्रममा मुसिकोट नगरप्रम सापकोटाले आँपचौरको कफी उत्पादनमा नगरपालिकाले बिशेष कार्यक्रम अगाडी सारेको बताए । उनले गत बर्ष जिल्लाभर १ सय ६० हेक्टरमा ३५ टन उत्पादन भएको अहिले त्यो भन्दा बढि हुने बताए ।

व्यवसायीक रुपमा भने हिरा गिरीले २०३२ सालबाट सुरु गरेका थिए । तत्कालिन राजा विरेन्द्र २०४२ सालमा आँपाचौरमा अवलोकन गर्न गई उनले त्यहाँ कफी बिकास केन्द्र खोल्न लगाएका थिए । एक जना कार्यालय प्रमुख सहित १४ जना सरकारी कर्माचारीहरुले कफीको अनुसन्धान , विउ विरुवा वितरण र प्रचार प्रसार गर्दै आएको उनले बताए ।

राजधानी स्थित नेपाल राष्ट्रिय चिया तथा कफी बिकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार देशभर ५ सय १३ टन कफी उत्पादन हुने जानकारी दिए । उनले अन्तराष्ट्रिय बजारले २ सय मेट्रिक टन माग गरे पनि १६÷१७ टन भन्दा बढि दिन नसकिएको बताए ।

कोरिया र जर्मन लगायतकाका अन्तराष्ट्रिय बजारमा जाने कर्फबाट बार्षिक ९ करोड रकम भित्रिने गरेको उनको भनाई छ । केहि बर्ष अघि सम्म नेपाल कफीमा आत्मार्निर उन्मुख भई रहेको अबस्थामा अहिले बार्षिक करिव ६ करोडको कफी भारतबाट आयत हुने गरेको उनि बताउँ छन ।

यस बर्षको कफी दिवस पोखरामा बनाईएको र उद्योग बाणिज्य महासंघ मार्फत ठुला उद्योग ब्यवसायीलाई कफी उत्पादनमा लगानी गर्न जोड गरिएको उनले बताए । सरकारले यस आर्थिक बर्षमा सबै भन्दा बढि कफी उत्पादन हुने जिल्ला स्याङ्गजा , गुल्मी , पाल्पा , प्युठान , अर्घाखाची रुपन्देहीलाई कफी सुपरजोन जिल्ला घोषणा गरेको छ । गौतमले कफीमा साना ब्यवसायीले निर्वाहमुखी खेती गरेका कारण उत्पादन कमी हुन पुगेको र सोतो गवारो लगायतका किराहरुले निरुसाहित गरेका कारण त्यसको निरुपणमा सरकारले लागेको उनको भनई छ ।

चियामा भने नेपाल आत्मानिर्मर भई सकेको उनले बताए । उनका अनुसार कफी देशका २३ जिल्लामा उत्पादन हुने गर्दछ । नेपालमा चिया बार्षिक २ करोड ५० लाख केजी उत्पादन हुने उनले जानकारी दिए । ईलाम , पाँचथर , तेह्रथुम , धनकुटा , भोजपुर र तेह्रथुममा ५० लाख केजी र २ करोड केजी झापा जिल्ला मै उत्पादन हुने उनले बताए । कुल उत्पादनको ५० प्रतिशतले नेपाल चियामा आत्मानिर्भर बनेको र ५० प्रतिशत भारतमा निर्यात गरी बार्षिक ४ अर्व रकम भित्रिने उनको भनाई छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D