जिल्ला समाचार

नेकपा मुसिकोट सचिबालयको टुंगो लाग्यो

रामकृष्ण कंडेल
वामी, माघ १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटिको बैठक वामीटक्सारमा सम्पन्न भएको छ । बैठकले नगर कमिटिको कामलाई ब्यबस्थित गराऊनको लागि २७ सदस्यिय सचिबालय सदस्यको गठन गरेको छ । वडा ईन्चार्जहरू, वडा कमिटी अध्यक्षहरू र नगरपलिकामा निर्बाचित वडा अध्यक्ष र नगर कमिटिका बरिस्ठ सदस्यहरू मध्येबाट सचिबालयको गठन गरिएको हो । नेकपा मुसिकोट नगर कमिटि ८१ सदस्यिय रहेको छ ।

सचिबालयमा तिन जना नगर कमिटि सदस्यहरू सरस्वती घिमिरे, सत्य जि सि र दलबहादुर थापालाई आमन्त्रित सचिबालय सदस्यमा चयन गरिएको छ। बैठकले मुसिकोट नगरपालिका भित्रका सबै वडाहरूमा बिकास कार्यलाई तिब्रता दिनुका साथै नेकपाको संगठन सुदृढ गर्नका लागि बिबिध निर्णयहरू समेत गरेको नेकपा मुसिकोटले जनाएको छ ।

नगर कमिटिको सदस्य पदको शपथमा छुट्नु भएका नगरकमिटी सदस्यहरू जित बहादुर पाठक, पूर्णभद्र गौतम, चुराबहादुर खत्री, गोबिन्द खरेल, शुसान्त अर्याल, हेमराज शर्मालाई नगर कमिटी ईन्चार्ज जिवन खरेलले नगर कमिटि सदस्य पदको शपथ खुवाउनु भएको थियो । बैठकमा पार्टि केन्द्रको परिपत्र नगर कमिटि अध्यक्ष खुमबहादुर थापाबाट बाचन गरीएको थियो ।

त्यस्तै बैठकले मुसिकोट नगरपालिका भित्रका सम्पूर्ण पार्टि कार्यकर्ताहरू, नगरबासीहरू लाई माघ १५गते वामीटक्सार बजारमा आयोजित महोत्सबको ऊदघाटनको दिन सपरिवार उपस्थित भई भब्य रूपमा कार्यक्रम सफल बनाऊन आह्वहान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटि सचिबालय सदस्य तथा नगर ईन्चार्ज जिवन खरेल, बिशेष अतिथि मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, जिल्ला कमिटि सचिबालय सदस्य हरि छन्तेल, जिल्ला कमिटि सदस्य सिता भुसाल, युबराज खरेल लगायतको उपस्थिति रहेको थियो । मुसिकोट नगर कमिटि अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता, सचिब अग्निधर लोहनीको सन्चालन र नगर सदस्य प्रकाश काफ्लेको स्वागत मन्तब्यमा बैठक सम्पन्न भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D