जिल्ला समाचार

नेकपा गुल्मीको ३ महिने कोरोना सचेतनासङै जनसम्बन्ध बिस्तार अभियान सुरु

टोपलाल अर्याल
१ चैत, नेकपा गुल्मीले तीन महिने पार्टी सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान सुरु भएको छ । परराष्ट्र मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप कुमार ज्ञवालीले अभियानको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले कोरोनाको सचेतना तथा पार्टीको संगठन र जनसम्बन्ध बिस्तार अभियान अगाडी बढाउन निर्देशन दिएका छन ।

उनले तीन महिनासम्म बृहत आम सभा,भेला र प्रशिक्षण गर्ने केन्द्रिय कमिटीले निर्णय गरेपनी कोरोनाको कारण छोट्याएर घरदैलो अभियानलाई प्राथमिकतामा राखेको बताए । बिश्वमा दैनिक बढी रहेको कोरोनाको संक्रमणले नेपाल समेत उच्च जोखिम रहेकाले टोलटोलमा पुगेर कोरोनाको सचेतना, पार्टी एकता सुदृढीकरण तथा संगठन बिस्तार र जनसम्बन्ध स्थापित गर्न ज्ञवालीले जिल्ला स्तरीय नेता कार्यक्रतालाई आग्रह गरे ।

उनले तीन महिने अभियानका क्रममा पार्टीभित्रको र जनतासङ पार्टीको सम्बन्ध स्थापित र बिस्तार गर्न, दुई दलको तत्कालीन र दीर्घकालीन महत्त्व जनतामा पुराउन र स्थानीय नेता कार्यकर्तामा पार्टीकि बैचारिक, सगठनात्मक र भावनात्मक सम्बन्धको बारेमा प्रशिक्षित गर्न निर्देशन दिए । साथै योग्य मान्छे नछुटने र अयोग्य नघुस्ने हिसाबले संगठन बिस्तारमा लाग्न सुझाब दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D