gulminews logo
बिहीबार, २०७९ असार १६

नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अबिधेशनको तयारी अन्तिम चरणमा

अनिल खत्री
२१ पुस, गुल्मी । नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अबिधेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पुस २३ गते हुन लागेको नेकपा एमाले गुल्मीको ११ औं जिल्ला अबिधेशनको तयारीका लागि अन्तिम चरणका कामहरु तिब्र पारिएको नेकपा एमाले गुल्मीका सचिव एबं प्रचार प्रसार बिभाग प्रमुख धर्म बिश्वकर्माले बताए ।

जिल्ला सदरमुकाम तम्घासमा हुने अधिबेशनको तयारीका लागि ९ वटा उपसमिति बनाएर तयारीको कामलाई अन्तिम चरण पु¥याइएको बिश्वकर्माले बताए । अधिबेशनमा जिल्लाभरबाट करिब ७ प्रतिनिधी सहभागि हुने भएका छन् ।

भूगोलबाट ४ सय ९८ जना बाँकी प्रतिनिधी आयोजक र भातृ संगठनबाट प्रतिनिधी बनेका हुन् । अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् ।

जिल्ला अधिबेशनमा नेकपा एमाले उपमहाचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट र केन्द्रिय सदस्यहरु, प्रदेशका नेताहरुको सहभागिता रहने बिश्वकर्माले बताए । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।

यो पनि पढ्नुस्

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन मुसिकोट नगरपालिकाको अभियान

सागर भण्डारीगुल्मी,असार १५ । गुल्मीको मुसिकोट नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालेको छ

पछिल्ला अप्डेट

सिफारिस

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D