जिल्ला समाचार

नेकपाको बिद्यार्थी संगठनको शैक्षिक हड्तालले गुल्मीका बिद्यालय बन्द

अनिल खत्री
२० फागुन, गुल्मी । नेत्रबिक्रम चन्द बिप्ल नेतृत्व नेकपा माओवादी समर्थित बिद्यार्थी संगठन अनेरास्वबियु (क्रान्तिकारी)ले गरेको शैक्षिक हडतालले गुल्मीका बिद्यालयहरु बन्द भएका छन् । शैक्षिक हडतालको कारण गुल्मी सदरमुकाम लगायत जिल्ला भरका विद्यालय तथा क्याम्पसहरुमा विहानी तथा दिवा कक्षाको पठन पाठन प्रभावित भएको हो ।

शैक्षिक हड्तालमा केहि परिक्षा सञ्चालनमा रहेका बिद्यालय तथा क्याम्पसहरु भने सञ्चालनमा छन् । सरकारले आफ्ना बिद्यार्थी नेताहरुलाई गरेको गिरफ्तारी सहित यस्को बिरोध र बिनासर्त रिहाईको माग गर्दै आज देशभर शैक्षिक हड्तालको आब्हान गरेको अनेरास्वबियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

अखिल क्रान्तिका महासचिव दिपेन्द्र चलाउने, सचिवालय सदस्य गणेश रैकाल लगाएतको रिहाइको माग गदै सगठनलेविभिन्न आन्दोलका कार्यक्रम गदै आएको छ । परिक्षा नजिकिदै गएकाले बिद्यालय बन्द हुँदा धेरै बिद्यार्थीहरु मारमा परेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D