जिल्ला समाचार

निशुल्क भने पनि अन्य खर्च अभावमा मृत्यु कुर्दै मृगौला पिडित

प्रेम सुनार
गुल्मी, पुस–१९ । २०७१ साल देखि मृगौला फेल भई विभिन्न अस्पतालमा डायलोसिस गराउँदै अहिले सम्म बाँचेका गुल्मीको मुसिकोट नगरपालिका–३ चुँदरीगाउँका लक्ष्मण सुनार अब भने मृत्यु कुर्नु शिवाय अर्को विकल्प नरहेको बताउँ छन ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा छोरोको उपचार गराई रहेका उनका बाबु हुकुमबहादुर सुनार गहभरी आँशु पार्दै भन्छन–‘ भए जत्तिको सम्पत्ति सकिनै लाग्यो , ऋण–धन गर्ने ठाउँ पनि सकियो ‘ केहि सिप नलागेर विभिन्न नेता र जनप्रतिनिधीहरुलाई भनेर छोराको मृगौलाको अप्रेशन ( मृगौला फेर्ने) सरकारबाट निशुल्क त बनाईयो तर अहिले काठमाण्डौ संम्म पुग्ने र त्यहाँ बसुञ्जेलको खर्च समेत छैन । ’

‘ घर जग्गा बैंकमा राखेर ऋण लिने देखि पत्याउने हरेक ब्यक्ति संग ऋण लिई हाल सम्म छोरालाई बचाउँदै त आएको थिएँ’– उनले थपे–‘अब भने मेरो केहि सिप नलागेर सञ्चार माध्यमको शरणमा पर्दैं सवै संग मेरो छोराको जिवन रक्षाका लागि सहयोगको हात फैलाउँन विवस छु । ’

हाल सम्म करिव १७ लाख खर्चिएका उनि सदरमुकाम आउने खर्च समेत नभएका कारण छिमेकी संग सापटी लिएर आएको बताए । मृगौला पिडित उनका छोरा २३ बर्षिय लक्ष्मण विवाहित हुन । उनका पाँच बर्षिय एक छोरा छन । उनकी श्रीमति विनु सुनार गहभरी आँशु् पार्दै भन्छिन –‘ यो बच्चाको मु्ख हेरेर भए पनि आफुसक्य सहयोग गरेर मेरो श्रीमान बाचाई दिनुस ।

पिडित सुनारको उपचारर्थ मुसिकोट नगरपालिकाले २० हजार रुपैयाँ सहयोग ग¥यो । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले त्यो परिवारको उपचार गर्ने अरु उपाय नभएका कारण ति युकको जिवन रक्षार्थ सबैले सहयोग गर्नका लागि नगरपालिकाको सिफारिस पत्र सहित अनुरोध गरेका छन ।

भएको सबै सम्पत्ति छोराको उपचारमा खर्च भए पछि अहिले ५ जनाको परिवारमा खान खर्चको समेत अभाव हुन थालेको बताउँदै लक्ष्मणकी आमा वसन्ती सुनार मिल्ने भए आफ्नो मृगौला बेचेर पनि छोरा बचाउन चाहेको बताउँ छिन । मृगौला प्रत्यारोपणका लागि उनकी श्रीमति , आमा बाबु र परिवारका हरेक सदस्यले आफ्नो मृगौला दिन तयार छन ।

अब धेरै खर्च पनि लाग्दैन करिव साढे तीन लाख जति लागे छोरालाई बचाउन सक्ने बाबु बताउँ छन । उक्त रकम जुटाउनका लागि देश विदेशमा रहेका आफन्तजन र दयावान नेपालीहरु संग पिडित सुनार परिवारले अभियान छेडेर जिवन रक्षार्थ जुटी दिन अनुरोध गरेका छन ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker