जिल्ला समाचार

निर्वाचन आयोग कुनै दलको शाखा कार्यलय जस्तो नबनोस् : नेता ज्ञवाली

हुमाकान्त पोखरेल
गुल्मी, १५ पुस । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिपकुमार ज्ञवालीले समानुपातिकतर्फ प्रतिनिधिसभाको निर्वाचनको नतिजा र सिट छिट्टै सार्वजनिक गर्न निर्वाचन आयोगलाई आहन गरेका छन् । शनिबार गुल्मीको बलेटक्सारमा रहेको पैँचो पसलको तेस्रो बार्षिकोत्सवको उघ्द्धाटन गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोग कुनै दलको शाखा कार्यलय जस्तो बन्न नहुने भन्दै उनले तटस्थ ढङ्गले काम गर्न समेत आग्रह गरेका छन् । ‘निर्वाचन आयोग कुनै राजनीतिक दलपट्टि लागेर यत्तिका समयसम्म पनि समानुपातिकतर्फको नतिजा निकाल्न नमान्नु लज्जास्पद विषय हो ।’ उनले भने, ‘आयोगजस्तो निकाय र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’

निर्वाचनको नजिता सार्वजनिक भएको २० दिनसम्म पनि नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानपन्त्रि शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार गठन गर्न ढोका खोल्नुको साटो उल्टै सत्तामा बसिरहनु लोकतन्त्रको उपहास भएको बताए । ‘संसारको कुनै पनि मुलुकमा निर्वाचन भइसकेपछि नयाँ सरकार गठनको बाटो नखोल्नु भन्ने छैन, तर यहाँ जनमत नभएको पार्टी पनि सत्तामा बसिरहन खोज्छ ।’ उनले भने, ‘यो भन्दा लज्जास्पद अरु के हुन सक्ला ?’

आफ्नो तस्रो बार्षिकोत्सवको अवसरमा पैँचो पसलले गाउँपालिकास्तर तथा अन्य उत्कृष्ठ किसानहरुलाई समेत सम्मान गरेको थियो । त्यस्तै प्रतिनिधिसभामा निर्वाचित सांसद ज्ञवालीसहित प्रदेशसभामा निर्वातिन क्षेत्र नम्बर १ प्रदेश ‘क’ का सांसद सुदर्शन बराल र प्रदेश ‘ख’ बाट निर्वाचित सांसद कमलराज श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D