जिल्ला समाचार

निर्माण व्यवसायी श्रेष्ठ सम्मानित

अनिल खत्री
१९ कात्तिक,गुल्मी । निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमर श्रेष्ठ सम्मानित भएका छन् । गुल्मीको मालिका गाउँपालिका ८ मरभुङ्ग सिमलटारीको स्वास्थ्यचौकीको भवन निर्माण कार्य समय अगाबै सम्मपन्न गरेको भन्दै भवन निर्माण समितिले सम्मान गरेको हो ।
श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सम्मान गरेका हुन् । भवनको श्रेष्ट कन्र्टशन तम्घास गुल्मीले निर्माण कार्य सम्पन्न गरेको हो । मरभुङ्ग स्वास्थ्यचौकी २ करोड ४२ लाख लागतका ०७२ सालमा सम्झौता भई निर्माण भएको थियो ।
बिभिन्न निर्माण कार्यको जिम्मा लिएर समयमै काम सम्पन्न नगर्ने परिपाटिको अत्य गर्नको लागि काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्नु पर्छ भन्ने परिपाठीको सुरुवात पनि भएको छ । निर्मणको कार्य जिम्मा लिने तर बिभिन्न वाहना बनाएर तोकिएको समयमा काम सम्पन्न नगर्दा गुल्मीमै दर्जनौ योजनाहरु अलपत्र छन् ।
समयमै भवन निर्माण गरेको भन्दा निर्माण कम्पनीका प्रमुख हरिकुमार श्रेष्टलाई मन्त्री बिष्टले सम्मान समेत गरेका हुन् । सोहि कार्यक्रममा मन्त्री बिष्टले खुकुलो व्यावस्थाका कारण ठेकेदारले सरकारबाट पेश्की लिएर पनि काम नगर्ने गरेको बताए । मन्त्री बिष्टले देशमा धेरै योजना ठेकेदारको लाप्रबाहिले अलपत्र भएको बताए ।
गुल्मी र प्युठान जोडने तम्घास–सिमलटारी–प्युठान सडक र धुर्कोट सव स्टेशनको काम गराईलाई ध्यान दिँदै उनले काम समयमै नसक्ने निर्माण व्यावसायीलाई सरकारले कानुन परिवर्तन गरेर भएपनि कारबाहि गर्ने बताए । उनले तम्घास–सिमलटारी–प्युठान सडकको कामले आफुलाई चिन्तित बनाएको बताए ।
कार्यक्रममा श्रेष्ट कन्र्टशन तम्घास गुल्मीका प्रमुख एबं मरभुङ्ग सिमलटारीको स्वास्थ्यचौकी को भवन निर्माण कार्य गरेका श्रेष्ठले समयमै काम सम्पन्न गरेर सम्मानित हुन पाउदा खुसी लागेको बताए । उनले यो सम्मानले आगामी दिनमा पनि अन्य ठाउँमा तोकिएको समयमै काम सम्पन्न गर्नु पर्छ भन्ने प्रेरणा मिलेको बताए । समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कृत गर्ने परिपाटीले काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पनि केहि हद सम्म दवाव दिने छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D