गुमिन्युज
कार्तिक ४, गुल्मी । अनियमित रुपमा भ्रमण भत्ता लिएको सम्बन्धमा गुल्मिन्युज डट काममा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको भन्दै छात्रकोट गाउँपालिकाले स्पस्टिकरण दिएको छ । “गाउँपालिका अध्यक्ष आदेश अनुसार भ्रमण आदेश स्वीकृत गरि वडा र गाउँपालिकाको कामको शिलशिलामा विभिन्न ठाउमा गएको र नियम अनुसार लिन मिल्ने दैनिक भ्रमण भत्ता रकम लिएका हौँ” ६ वटै वडाका वडाअध्यक्षहरुद्वारा हस्ताक्षरित गाउँपालिकाकै पत्रमा संयुक्त बिज्ञप्तिमा भनिएको छ ।
