जिल्ला समाचार

नियमित उडामा समस्या छैन: पाइलट शाह

टोपलाल अर्याल
गुल्मी, जेठ २५ । बन्दै गरेको रेसुङ्गा बिमानस्थलमा नियमित उडान गर्न कुनै समस्या नरहेको बताईएको छ । आज तारा एयरको बिमान सफल अवतरण गराएपछि संचारकर्मीसंच प्रतिक्रिया दिदै बिमान चालक क्याप्टेन सन्तोष शाहले नियमित उडान गर्न कुनै समस्या नरहेको बताए ।

उनले धावन मार्गमा अझै लोडर लगाउने बाहेक पानी नपरेको बेलामा बिमान संचालनमा कुनै समस्या नरहेको शाहाले बताए । उनले पानी परेको बेला दब्ने र चिप्लने समस्या हुने भएकाले सुख्खा भए अहिलेबाटै बिमानलाई दैनिक संचालन गर्न कुनै समस्या नरहेको उनको दावी छ ।

साथै अर्का क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले धावन मार्ग पिचसंगै भौतिक संरचना निर्माण भएर नियमित उडानको राम्रो संभावना भएको प्रतिक्रिया दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D