जिल्ला समाचार

नागरिक मैत्री केन्द्रित हुन नागरिक सञ्जाल गुल्मीको ध्यानाकर्षण

अनिल खत्री
गुल्मी, १३ भाद्र । रेसुङ्गा नगरपालिकामा नागरिकमैत्री एवम् सुशासनका आधारभूत मान्यतामा केन्द्रित भई कार्य गर्न जिल्लामा क्रियाशील सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय नागरिक सञ्जाल, गुल्मी ध्यानाकर्षण गराएका छन् ।

रेसुङ्गा नगरपालिका प्रमुखलाई ध्यानकषण पत्र बुझाउदै यस नगरपालिकाबाट सम्पादन हुने हरेक कार्यहरु जनताकेन्द्रित, पारदर्शी, जवाफदेही बनाउन आग्रह गरेका छन् ।

उनिहरुले नागरिकको भावना र इच्छाअनुकूलका नीति, कार्यक्रमहरु तय गरी जनभावना र सुशासनको भावनाको कदर गर्ने परिपाटीको सुरुवात होस् भनी अनुरोध गरेका छन् । स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने शिक्षा, स्वास्थ्य, विद्युत् जस्ता जनसरोकारका कार्यालयबाट जनतालाई प्रदान गर्ने सेवा सुविधामा आवश्यक सुधारका लागि पहलकदमी लिन आग्रह गरेका छन् । सरोकारवाला नागरिक संस्थाहरुसंग समन्वय गरी कार्य गर्न अपिल गरेका छन् ।

यस नगरपालिकाभित्रका सबै वडाहरुमा तत्काल सेवाप्रवाहको व्यवस्था मिलाउन आग्रह गरेका छन् । फोहोरमैला व्यवस्थापनमा हाल देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । हाल नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटसंग सम्बन्धित विषय तथा नगरपालिकाबाट थप गरिएको भनिएका करका दरहरुको बारेमा जनतालाई सुसूचित गराउन आग्रह गरेका छन् ।

सबै राजनैतिक दल,संघसंस्था र आम नगरवासीहरुको सल्लाह, सुझाव, सहयोग र समन्वयमा नगरपालिकाको कार्यलाई द्रुत गतिमा अघि बढाउन विशेष आग्रह गरेका छन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker