जिल्ला समाचार

नागरिकका असिमित चहानाले निराशा बढ्यो : मुख्यमन्त्री पोख्रेल

टोपलाल अर्याल
गुल्मी, ११ भदौ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राज्यसंग सिमित बजेज र नागरिकसंग असिमित चहाना भएकाले निराशा बढेको बताए । त्यो बाध्यतासंगैका आशाले परिवर्तन सम्भव भएकाले सधै कुण्ठा बोक्नुको अर्थ नभएको पोख्रेलले बताए । धुर्कोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले जनताको सुखी र समृद्ध बन्ने चाहान यो सरकारले पुरा गरेरै छोड्ने बताए । गुल्मेली नागरिकको नजिकको अभिभावक र संरक्षक प्रदेश सरकार भएकाले सधै जनातको पक्षमा काम गर्ने उनले बताए ।

सातै प्रदेशमध्ये अब्बल छौ

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आफुहरु सातै प्रदेशमा अब्बल देखिएको बताए । उनले कानुन निर्माण र विकास खर्च र आर्थिक बृद्धिदरको हिसावले सात प्रदेशभन्दा अगाडी भएको दावी गरे । उनले प्रदेशको संरचना निर्माण र कर्मचारीको व्यावस्थापनका चुनौतिकाबिच छ महिना मात्रै काम गरेपछि राम्रो उपलब्धि प्राप्त गरेको बताए । मुख्यमन्त्री पोख्रेलले प्रदेशले संघियता कार्यान्वयन, कानुन निर्माण, आवधिक योजना तर्जुमासंगै सम्पादन गरेका कामहरु उत्कृष्ट भएकाले दाबी गरे । साथै तीन बर्षभित्र सवै जिल्लाका नागरिकमा आधारभुत खानेपानी सुविधा र साना ठुला सडक निर्माणको सवै काम सम्पन्न गर्ने जानकारी गराए ।

राजधानीको बिषय बिलम्ब हुदैन

मुख्य मन्त्री शंकर पोख्रेलले यो बर्ष नाम र राजधानी टुङ्गा लगाउने बताएका छन् । राजनैतिक नभएर प्राविधिक परिक्षणका आधारमा राजधानी टुङ्गो लाग्ने उनको भनाई छ । नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री पोख्रेलले राजनैतिक हिसावले धेरैका आफ्नै तर्क र चाहाना भएकाले प्राविधिक मुल्यांकलन थालिएको बताए । ‘राजनैतिक हिसाबले धेरै बिलम्ब ग¥यौ, अव पछि पर्दैनौ,’उनले भने,‘बिज्ञहरुको सुझावपछि निर्णय गर्नेछौ ।’ उनले यो बर्षभित्र १२ जिल्लाका जनताको भावना र हरेक घरमा दिप बल्लने गरि प्रदेशको नाम र राजधानी टुंग्याउने बताए ।

सरकारप्रतिको भ्रम चिर्न पार्टीलाई निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इन्चार्ज समेत रहेका शंकर पोख्रेलले पार्टी पंक्ति निष्क्रिय भएका कारण आम नागरिक भ्रममा परेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको वैठकमा बोल्दै उनले तीन वटै सरकारले देश र जनताको पक्षमा महत्वपूर्ण काम गरेपछि त्यसको प्रचार पार्टी पंक्तिले गर्न नसकेका कारण प्रतिपक्षले नागरिकमा भम्र सृजना गरेको आरोप लगाए । ‘लामो समय सिन्डीकेट लगाएर एकाधिकार गरेकाले निराशा बोकेर हिडेका छन,’पोख्रेलले भने,‘सरकारको प्रचार गर्ने पार्टी पंक्ति सुतेकै अवास्थामा छ ।’ उनले सरकारले जे काम गर्न खोजेपनि सडक खोज्ने प्रवृतिकै बिच पनि देशले उच्च आर्थिक बृद्धिदर हासिल गर्नु सुखद पक्ष भएको बताए । अब एकिकरण प्रक्रिया लगभग सकिएकाले कमिटीहरु चलाएमान भएर यो भ्रम मेटाउनुपर्नेमा पोख्रेलले जोड दिए ।

पहाडमै श्रम र पसिना बगाऔ

मुख्यमन्त्री पोख्रेलले पहाडमै श्रम र पसिना बगाउन गुल्मेली जनतालाई आग्रह गरेका छन् । राज्यले करोडौको लगानी गाउँमा गर्ने तर नागरिक तराई झरे क्रम भएकाले पहाडमै परिश्रमबाट सुन फलाउन सकिने बताए । किसानले उत्पादन गरे बजारको ग्यारेण्टी प्रदेश सरकारले गर्ने मुख्यमन्त्री पोख्रेलले प्रतिबद्धता व्यक्त गरे । ‘तराई र भारतको तरकारी खाएर किसानको नेता नबानौ,’उनले भने,‘अब आफुलाई मात्रै होइन अरुलाई पनि ताजा तरकारी खुवाउनु प¥यो ।’

पहिरो प्रभावितको स्थानान्तरण गर्न केन्द्र नकुर्ने

सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको स्थानान्तरण गर्न केन्द्र सरकार पर्खेर नबस्ने मुख्यमन्त्री शंकर पोख्रेलले बताए । मुख्यमन्त्री भएपछि पहिलो पटक गुल्मी आएको पोख्रेलले इन्जिनियरले स्थानान्तरण गर्ने रिर्पोट दिएकाले अब काम सुरु गर्ने बताए । उनले सत्यवतिका नागरिकको नजिकको ठुलो सरकार भनेकै प्रदेश भएकाले अलपत्र पर्ने कुरामा शंका नगर्न प्रभावित परिवारलाई आग्रह गरे । ‘पुर्नबाससंगै सिंचाई आयोजना र साना मझौला सडक निर्माणमा माथी मुख ताक्नु पर्दैन,’उनले भने,‘ केन्द्र सरकारको सहयोगलाई पनि स्वागत गर्छौ ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D