gulminews logo
आईतवार, २०७९ जेष्ठ १५

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

काठमाडौं, ३१ जेठ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D