जिल्ला समाचार

धुर्कोट धार्मिक महोत्वसको तयारी पुरा

हुमाकान्त पोखरेल
३ चैत गुल्मी । चैत ४ गतेदेखि १० गतेसम्म हुन लागेको धुर्कोट धार्मिक महोत्सवको तयारी पुरा भएको छ । धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धुर्कोट धार्मिक मेला हुन लागेको हो । धार्मिक महोत्सवमा युवा तथा वाचन सम्राट भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन हुने आयोजकले जनाएको छ । धुर्कोट कोटको संरक्षण तथा प्रवर्धन गरी नयाँ मन्दिर निर्माण गर्ने उदेश्यले धार्मिक मेलाको अयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन प्रदेश सासंद पन्थीले गर्ने
धुर्कोट धार्मिक महोत्सवको उद्घाटन गुल्मी क्षेत्र नम्बर २ प्रदेश २ का सासंद दिनेश पन्थीले गर्ने भएका छन् । त्यस्तै जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेश सभाका सासंदहरु पनि प्रत्येक दिन प्रमुख अतिथि बन्ने कार्यक्रम तय गरिएको छ । सासंदहरुको समय अनुकुलतामा कार्यक्रममा प्रमुख अतिथि बनाइने गाउँपालिका उपाध्यक्ष शिव खत्रीले बताए ।

वडाध्यक्षको अध्यक्षतामा आर्थिक समिति

धुर्कोट गाउँकार्यपालिका र स्थानिय बिच भएको निर्णयअनुसार प्रत्येक घरधुरीबाट न्यूनतम दुई सय उठाउने सहमति भएको थियो । जसअनुसार सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । गाउँपालिकामा भएका पाचँ हजार दुई सय घरधुरीमध्ये अधिकाशंले न्यूनतम शुल्क पनि दिएको आर्थिक समितिले जनाएको छ । स्थानियले तोकेभन्दा बढी पनि धार्मिक मेलालाई आर्थिक सहयोग गरेको धार्मिक मेला आर्थिक समिति संयोजक दिपक भण्डारीले जानकारी दिए । मेलामा आर्थिक संकलन गर्ने उदेश्यले बुटबल र काठमाडौमा बसोबास गर्ने धुर्कोटबासिहरु सँग छलफल र अन्तरक्रिया समेत गरिएको थियो । गाउँपालिका प्रम्रुख भुपाल पोखरेल र उपप्रमुख शिव केसीको नेतृत्वमा भएको छलफलमा बुटबल र काठमाडौमा समेत प्रचार–प्रसार समिति गठन गरी आर्थिक संकलन गरिएको छ ।

एक हजारसम्मकोलाई रसद दिने, एक हजारदेखि ५ हजारसम्म रसिद, प्रमाणपत्र र खादाले सम्मान गरिने भएको छ । त्यस्तै पाचँ हजारदेखि १० हजारसम्म दिनेलाई फ्रेममा प्रमाणपत्र, दोसल्ला र साधारण सदस्यता, १० हजारदेखि ३० हजारसम्म सिङ्गमर्मरमा नाम लेखिने र माथिका सम्मान गरिने भएको छ । ३० देखि ४० हजारसम्म सहयोग गर्नेलाई एकल फोटो, आजिवन सदस्यता, ४० देखि ६० हजार सम्म दिनेलाई दम्पत्ति फोटो र आजिवन सदस्यता, ६० हजारदेखि एक लाखसम्म दिनेलाई परिवारको फोटो सचिवालयमा राख्ने र विशिष्ट सदस्यता प्रदान गरिने भएको छ ।

त्यसैगरि एकलाखभन्दा माथि सहयोग गर्नेलाई बाजागाजाबाट सम्मान गर्नुका साथै विशिष्ट सदस्यता, १० लाखभन्दा माथि सहयोग दिनेलाई अर्धकतको शालिक र मानार्थं संस्थापक सदस्यता र २० लाखभन्दा माथि दिनेलाई पूर्णकदको शालिक निर्माण गरिने भएको छ । १० हजार भन्दा बढी सहयोग गर्नेलाई आजिवन सदस्यता, फ्रेममा फोटो र दोसल्ला अ‍ोढाएर सम्मान गरिने धार्मिक महोत्वस मूल आयोजक समिति सदस्य मनोहर पन्थीले जानकारी दिए ।

आमा समूहद्धार पुजा सामाग्री निर्माण

धुर्कोट गाउँपालिमा रहेका विभिन्न आमा समूहले मन्दिरमा संचालन हुने धार्मिक महोत्सवको लागि स्थानिय स्तरमै बनाउ सकिने पुजा सामाग्रीको निर्माण गरेका छन् । धुर्कोट रजस्थलमा रहेको प्रगतिशिल महिला समूहको नेतृत्वमा सातवटै वडाका आमा समूहद्धारा विभिन्न पुजा सामाग्रीहरु निर्माण गरिएको आयोजकले जनाएको छ । १५ हजार भन्दा बढी दुना टपरी, फूल, माला, कलश, मञ्च सजावटका सामाग्री लगायतका सामाग्रीहरु निर्माण गरेको प्रचार प्रसार संयोजक दधिराम खनालले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D