gulminews logo
शुक्रबार, २०८० चैत्र १६

धुर्कोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु: एक महिनाका लागि रोजगार, ज्याला दैनिक ५१७ रुपैँया

हुमाकान्त पोखरेल
गुल्मी, १७ जेठ । धुर्कोट गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा गाउँपालिकामा १ सय ५० जनालाई रोजगारी दिइएको हो ।

जसमध्ये वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्लाबाट २५÷२५ जनालाई रोजगार प्रदान गरिएको छ । भने बाँकी पाँच वडाबाट २०÷२० जनाका दरले रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । उक्त कार्यक्रमअन्तगत सडकमा ८१ जना, खानेपानी मर्मतका लागि १५ जना, कृषि र पशुपालनका लागि १५ जना, शिक्षामा १३ जना, स्वास्थ्यमा चार, सिँचाईमा १५ र विद्युतमा सात जनाले रोजगार पाएको सुचना अधिकारी इश्वरी भण्डारीले जानकारी दिए ।

कुल ३० दिन अर्थात एक महिनाका लागि दिइएको रोजगार कार्यक्रममा श्रमिकले नेपाल सरकारले तोकेको दैनिक ज्याला पाँच सय १७ रुपैँयाका दरले एक महिनाको १५ हजार पाँच सय प्राप्त गर्ने प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D