जिल्ला समाचार

धुर्कोटको धार्मिक महोत्सवलाई अन्य स्थानिय तहहरुले पनि दिए चन्दा, कुन गाउँ पालिकाले कती दियो?

हुमाकान्त पोखरेल
०६ चैत, गुल्मी । चैत ४ गतेदेखि सुरु भएको धुर्कोट धार्मिक महोत्सवमा मंगलबारसम्म २३ लाखभन्दा बढी रकम संकलन भएको छ । धार्मिक मेलाको पहिलो दिन आइतबार ११ लाख ५५ हजार र दोस्रो दिन सोमबार ६ लाखभन्दा बढी रकम संकलन भएको छ । त्यस्तै तेस्रो दिन मंगलबार ६ लाख ६० हजार पाचँ सय ३४ रुपैँया संकलन भएको महोत्सवका आर्थिक संयोजक दिपक भण्डारीले जानकारी दिए ।

मंगलबार धुर्कोट गाउँपालिका ३ हाडहाडे निवासी छविलाल काउछाले ५१ हजार सात सय ७७, ओम बहादुर थापाले ५५ हजार पाचँ सय ५५ रकम मन्दिरलाई दान गरेका छन् । त्यस्तै धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ रजस्थल निवासी चुमकला खड्काले ४१ हजार एक सय एक, राधिका खड्काले ४० हजार र सावित्रा कार्कीले २१ हजार एक सय ५१ रुपैँया दान गरेको मेला आयोजक समितिले जनाएको छ ।

धुर्कोट धार्मिक महोत्सवलाई गुल्मीका स्थानिय तहले पनि रकम प्रदान गरेका छन् । मंगलबार चन्द्रकोट गाउँपालिकाले २० हजार एक सय, कालिगण्डगी गाउँपालिकाले २० हजार पाचँ र सत्यवती गाउँपालिकाले २० हजार पाचँ रुपैँया आर्थिक प्रदान गरेका धार्मिक मेला मूल आयोजक समिति सचिव कृष्ण केसीले बताए । धार्मिक महोत्सवमा कुल दुई करोड संकलन गर्ने लक्ष्य लिइएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D