जिल्ला समाचार

धुर्कोटका बालविकास केन्द्र अब्बल बन्दै, घर नै भुल्छन् बालबालिका

टोपलाल अर्याल
गुल्मी, १० कार्तिक । विहान ९ बज्न पाउँदैन । विद्यालयको आगँनीभरी बालबालिकाहरु । चिटिक्क बिद्यालय । प्राङगणमा सुन्दर बगैंचा । कलात्मक कोठाहरुमा फम र कार्पेटसहितको सहज बसाई । भित्ताहरुमा विभिन्न किसिमका सृजनात्मक चित्रहरुसहित अकं, अक्षर, रगं लगाएतका सिकाईमूलक सामाग्रीहरु ।

कोठको एक छेउमा टिभी र आरामदायी बिस्तारा । बिद्यार्थीले घर नै बिर्सन्छन् । उनीहरुलाई साँझ ४ बजेको पत्तो हुँदैन् । बरु उल्टै शिक्षक शिक्षिकाहरुले घर पठाउनुपर्छ । धुर्कोट गाउँपालिकाले सात वटा माविका बालविकास केन्द्रलाई नयाँ व्यावस्थापन गरेपछि बिद्यालयमा बालबालिकाको उपस्थिती ह्वातै बढेको छ ।

धुर्कोट गाउँपालिका ५ वस्तुकी चार बर्षिया झरना भण्डारी चिटिक्क परेर सवेरै बिद्यालय आउँछिन् । मनोरञ्जनात्मक शैलीमा सिक्छिन्, खेल्छिन, अनि निद्रा परे सुत्छिन् । झरना जस्तै धेरै बालबालिकाहरुको दैनिकी एउटै छ । धुर्कोट गाउँपालिकाका बालविकास केन्द्रहरुले बालबालिकाहरुको सिकाईलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन नयाँ व्यावस्थापन गरेका छन् । बालमैत्री बसाई व्यवस्थापन अनि खेल र गीतको माध्यमबाट सिक्न पाइने भएपछि बिद्यालयहरुमा बालबालिकाको उपस्थिती बढ्दै गएको छ ।

यो बर्ष तीनदेखि पाँच वर्ष उमेर समूहका ३९ जना बालबालिका हिमालय माविको बालविकास केन्द्रमा भर्ना भएको कक्षा १–५ का संयोजक चुरामणी घिमिरेले बताए । त्यस्तै धुर्कोट गाउँपालिका ४ को पाञ्चायन माविमा पनि ३८ जना बालबालिकाले अध्ययन गर्दै आएका छन् । बालविकासको लागि दुई जना शिक्षिका छन् । बिहान १० बजेदेखि चार बजेसम्म बालबालिकाको सवै व्यावस्थापन गर्नुपर्ने भएकाले धेरैलाई भर्ना गर्न मुस्किल भएको बिद्यालयका शिक्षक लक्ष्मण पोखरेलले बताए । यसैगरी वाग्ला माविमा ४८, धुर माविमा ४९, निन्यूखर्क माविमा २७, गणेश माविमा १२ जना, नयाँगाउँ माविमा १४ जना बिद्यार्थी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा सुचना अधिकारी मधु पन्थीले बताए ।

आफ्नै छोराछोरी सम्झेर पढाउँदा आनन्द आउँछ
हिमालय माविको बालबिकास केन्द्रकी सहजकर्ता सरस्वती भण्डारी शुरुमा बालबालिका बिद्यालय नआउँदा हैरान भइन् । पछि उनीहरुमा बानी प¥यो । अहिले बालबालिका बिद्यालय आउँन उत्साहित भएको उनी बताउँछिन् । ‘अहिले निकै राम्रो भएको छ, ‘सबै बालबालिका मन लगाएर सिक्छन् उनले भनिन, ‘यो बालमैत्री ब्यवस्थापनको प्रभाव हो ।’

बालबालिकाको शारिरीक, बौद्धिक, संवेगात्मक र सामाजिक बिकासका लागि आफुहरुले खेल्दै, रमाउँदै र पढ्दैको विधि प्रयोग गरेर कक्षा सञ्चालन गर्ने गरेको उनले बताइन् । ‘बालबालिका कक्षामा आएदेखि नफर्कने बेलासम्म सिकाउने, खेलाउने, खुवाउने, दिसापिसाब र सुताउने समेत गराउँछौ,’उनले भनिन,‘ बानी प¥यो, आनन्द आउँछ ।’ आफुना छोराछोरी हुर्केकाले पनि बालबालिका आफ्नै सन्तान जस्तै लाग्ने उनले सुनाइन् ।

बालमैत्री शिक्षण सिकाईका कारण बिचमै कक्षा छोडेर हराउने बालबालिको दर पनि घटेको पाञ्चायन माविको बालविकास सहजकर्ता जमुना पोखरेलले बताइन् ।

गाउँपालिकाका सात बालविकासलाई सहयोग

धुर्कोट गाउँपालिकाले हिमालय मावि, पाञ्चायन मावि, वाग्ला मावि, धुर मावि, गणेश मावि, नयाँगाउँ मावि र निन्यूखर्क मावि गरि सात माद्यामिक बिद्यालयको बालबिकास केन्द्रमा नयाँ व्यावस्थापन गरेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । जसका लागि गाउँपालिकाले गत बर्ष प्रत्येक सात बिद्यालयलाई एक÷एक लाखका दरले रकम बिनियोजन गरेको थियो । ‘अहिले बालविकासको अवस्था फेरिएको छ, त्यसैले बिद्यालयहरुमा शिक्षण सिकाइको फरक शैली सुरु भएको छ,’उनले भने,‘बिद्यालयहरुको सक्रियता देखिए अझै प्रयाप्त सहयोग हुन्छ ।’ त्यस्तै गाउँपालिकाले ‘एक बिद्यालय एक बगैचा’ कार्यक्रम पनि अगाडी बढाएको छ । अहिले धेरै बिद्यालयले बगैचा निर्माण गरेका छन् । जसले बिद्यालयको वातावरण सुन्दर र आकर्षक बनाएको सहायक प्रध्यानाध्यापक कृष्ण भण्डारीले बताए ।

बालबिकासहरुको अवस्था सुधारका लागि बालबिकास सहजकर्ताहरुले विभिन्न तालिम लिएका छन् । जसले रचनात्मक रुपमा पठनपाठन गर्न मद्दत गरेको छ । भने गाउँपालिका स्तरबाट थप तालिमहरुको आयोजना गरेर सहजकर्ताहरुलाई अझै उत्साहित र सृजनात्मक बनाइने धुर्कोट गाउँपालिका शिक्षा शाखा प्रमुख.मधु पन्थीले बताए ।

सकजकर्ताको कम पैसा डिउटी कडा
कामको आधारमा बालविकास केन्द्रका सहजकर्ताको पारिश्रमीक अत्यन्तै न्यून रहेको छ । उनीहरुको अरु कक्षाका शिक्षक शिक्षिकाको जस्तै पिरेड छैन् । १० बजेदेखि चारबजेसम्म बालबालिकासंगै रहनुपर्ने बाध्यता छ । ‘एक मिनेट नजर नपुगे मात्रै पनि बालबालिका दुर्घटनामा पर्न सक्छन्,’ पाञ्चायन मावि बालविकासको सहजकर्ता भगवति पोखरेलले भनिन,‘कम पैसा डिउटी कडा ।’

सहजकर्ताले बालबालिकालाई सिकाउने, निद्रा लागे सुताउने, उठाउने, खुवाउने, दिसा पिसाव गराउनेदेखि आमाको जस्तै माया दिलाउनु पर्ने चुनौति छ । एक जना सहजकर्ताको मासिक पारिश्रमीक ६ हजार मात्रै छ । काम र अहिलेको बजार मुल्यको आधारमा त्यो पारिश्रमीक अत्यन्तै न्यून रहेको सहजकर्ताहरुको गुनासो छ । समयसंगै कामको आधारमा पारिश्रमीक पनि बृद्धि गर्दै लैजानुपर्ने माग उनीहरुको छ ।

फोटो ः धुर्कोट गाउँपालिका ५ वस्तुको हिमाललय माविमा नयाँ व्यावस्थापनका साथ संचालन गरिएको वालशिक्षा ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D