जिल्ला समाचार

धुर्काेटमा आधारभुत पत्रकारिता तालिम सुरू

हुमाकान्त पाेखरेल
गुल्मी, ०४ कार्तिक । धुर्काेट गाँउपालिकामा पत्रकारिता तालिम सुरू भएकाे छ । धुर्काेट बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडद्दारा संचालित सामुदायिक रेडियो धुर्काेटकाे अायाेजनामा तालिम सुरू भएकाे हाे । रेडियोकाे लागि अावश्यक पर्ने जनशक्ति पूर्ति गर्ने उदेश्यले तालिम संचालन गरिएकाे हाे ।

तालिमकाे आईतवार गाँउपालिका अध्यक्ष भुपाल पाेखरेलले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख पाेखरेलले गाँउगाउसम्म रेडियोकाे अावश्यकता र महत्व बढ्दै गएकाे धारणा राखे । तालिममा रेडियो कार्यक्रम, कार्यक्रम उत्पादन र संचालन गर्ने तरिका, समाचार लेखन, समाचारका स्राेत लगायतका बिषयमा जानकारी गराइने छ । त्यस्तै स्थलगत रिपोर्ट, प्रत्यक्ष प्रशारण, असल संवाददातामा हुनुपर्ने गुण, रेडियो रिपोर्ट लगायतका बिषयमा जानकारी दिइने सहकारीका अध्यक्ष निम बहादुर पाण्डेले जानकारी दिए ।

तालिममा पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल, पूर्व अध्यक्ष जनार्दन घिमिरे, पत्रकार महासंघका सचिव टाेपलाल अर्याल, राष्ट्रिय समाचार समिति एवं राजधानी राष्ट्रिय दैनिकका संवाददाता हुमाकान्त पाेखरेल, नागरिक दैनिकका शिव सुवेदी, गाेरखापत्र संवाददाता तिलाचन पाण्डे, ओझेलका खबरका संचालक प्रेम सुनार, कार्यक्रमतर्फ भुवन भुसाल र प्राविधिकतर्फ युवराज बस्यालले तालिम दिनेछन् । तालिमको पहिलाे दिन घिमिरेले समाचार, यसकाे स्राेत लगायतका बिषयमा प्रशिक्षण दिएका थिए भने दाेस्राे दिन अर्याल र पाेखरेलले तालिम दिए ।

३ गतेदेखिब सुरू भएकाे तालिम पाँच दिनसम्म अर्थात ७ गतेसम्म चल्नेछ । कार्यक्रममा तालिमकाे उदेश्यबारे कार्यक्रम संयाेजक हुमाकान्त पाेखरेलले स्पष्ट पारेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत काशिँराम पन्थी, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न संघ सँस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकाे अातिथ्यता रहेकाे थियाे । कार्यक्रम सहकारी संचालक समितिका अध्यक्ष पाण्डेकाे अध्यक्षता, सदस्य दधिराम खनालकाे स्वागत मन्तव्य तथा सचिव कृष्ण केसिकाे संचालनमाध सम्पन्न भएकाे थियाे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D