जिल्ला समाचार

धार्मिक स्थल रेसुङ्गाको सामाजिक काममा जुट्यो शसस्त्र प्रहरी

अनिल खत्री
३ जेठ गुल्मी । देश र जनताको रक्षार्थमा खटिने सुरक्षाकर्मीले बेला बखतमा समाजिक कार्यपनि गर्दै आएका छन् । गुल्मी जिल्लामा रहेका शसस्त्र प्रहरी वल गुल्म गुल्मीले जिल्लामा बिभिन्न समयमा सामाजिक कार्यमा अग्रता देखाएको छ । प्रहरी वलले रेसुङ्गा संरक्षण समितिको अनुरोधमा जिल्लाको रेसुङ्गामा सामाजिक कार्यमा सरिक भएको हो ।
गुल्मी जिल्लाको गौरबको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल रेसुङ्गामा सेनाले बिग्रिएको बिद्युतिय ट्रान्सफमर मर्मत पछी पुर्याएको थियो । लामो समय सम्म बिग्रएको बिद्युतिय ट्रान्सफमर पुनः मर्मतपछी प्रहरीले बोकेरै लगेर जडान स्थल सम्म पुर्याएको शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।
रेसुङ्गा क्षेत्रमा निर्माधिन कार्य भइरहेको अबस्थामा झण्डै १५ दिन सम्म बिद्युत सेवा बन्द भएपछी त्यस स्थानमा काम प्रभाबित र बिद्युतिय सेवा लिनबाट बञ्चीत भएका थिए । शसस्त्र प्रहरीका ३० जना जवानले करिब ६ सय केजीको बिद्युतिय ट्रान्सफमर रेसुङ्गा पोखरीबाट झण्डै ७ घण्टा लगाएर रेसुङ्गा यज्ञशालामा पुर्याएको थियो ।
उक्त ट्रान्सफमर जडान पश्चात रेसुङ्गासँगै त्यस स्थान वरपर बस्तीहरुमा बिद्युति सुचारु भएको छ । रेसुङ्गा क्षेत्रको सबै भागमा सवारी साधान नपुग्ने भएसँगै बोकेरै लैजानु पर्ने अबस्था भएकाले शसस्त्र प्रहरीसँग सहयोग मागेर लगिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । रेसुङ्गा क्षेत्रमा सबै स्थानमा सवारी लानु पर्छ भन्ने र लानु हुँदैन भन्ने दुइ पक्ष हुँदा केहि भागमा मात्रै सवारी साधन मार्फत पुग्न सकिन्छ ।
उनले रेसुङ्गा क्षेत्रमा जिर्ण अबस्थामा रहेका बिभिन्न मन्दीरका निर्माणका काम भइरहेकाले बिद्युत आपुर्ति बन्द भएसँगै काम प्रभाबित भएको भुसालले बताए । रेसुङ्गा क्षेत्रमा लिफिटिङ्ग खानेपानी सञ्चालन भइरहेकाले बिद्युत सेवा बन्द भएसँगै खानेपानी पनि प्रभाभित भएको अध्यक्ष भुसालले बताए ।
जिल्लामा शसस्त्र प्रहरी वल गुल्म गुल्मीले दैबिक बिपत्तीसँगै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुँदै आएको छ । जिल्लाको सदरमुकाम तम्घासमा बेला बखतमा हुने बजार,मन्दीरहरुको सरसफाईमा समेत सहभागिता जनाउँदै आएको छ ।
धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थल रेसुङ्गामा सहयोग गर्न पाउँदा आफु निकै खुसी रहेका गुल्मीपति सिग्देलले बताए । जिल्लामा सामाजिक क्षेत्रमा प्रहरीले समय समयमा समाजिक कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि गर्दै जनो डिएसपी सिग्देलले बताए ।
धार्मिक स्थल रेसुङ्गामा गुल्मीबाट सरुवा भइ गएका प्रहरी नायव उपरिक्षक दिगबिजय सुबेदीले करिब ६० हजार बरावरको यात्रुहरुको लागी फलामको बेन्च सहयोग गरेका थिए । रेसुङ्गा क्षेत्रमा पुग्ने पर्यटकहरुको बिचबाटोमा आराम गर्नको लागी उक्त सामाग्रीले मद्दत गरेको ुहन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D