जिल्ला समाचार

देशमा कोही प्रतिपक्ष छैन, गरिबी हो मुख्य प्रतिपक्षी: परराष्ट्रमन्त्री ज्ञवाली

अनिल खत्री
१७ चैत, गुल्मी । परराष्ट्रमन्त्री पदिपकुमार ज्ञवालीले देसको मुख्य प्रतिपक्ष नै गरिबी भएको बताएका छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव गुल्मीमा सुरु भएको तेस्रो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले अहिले देसमा कुनै पनि प्रतिपक्ष नभएको र मुख्य गरि गरिबी नै रहेकाले राजनीतिक लडाई समाप्त भएकाले अबको लडाई भएको र गरिबी अत्यसँगको लडाई भएकाले सरकारको प्रथामिकतामा गरिबी अत्य रहेको बताए ।

ज्ञवालीले देसको मुख्य बिकासमा कृषि र पर्यटनलाई दरिलो आधार बनाएर यसको आधुनिकरणमा जोड दिनुपर्ने बेला आएको बताए । सकेसम्म नेपालमै रोजगारिको सृजना गरि काम गर्ने छौ मन्त्री ज्ञवालीले भने ‘यदि देसका युवाहरु बिदेस जान परे सिप सहित सम्मान पुर्वक काम गर्ने अबस्था सृजना हुनेछ ।’
उनले गुल्मी भारत र चिनसँग जोडिने सड्क मार्ग जोडिएर काडिगण्डकी करीडोर निर्माण पुरा हुँन लागेकाले त्यसले दुबै देसबाट फाइदा लिन सकिने बताए । मन्त्री ज्ञवालीले अन्तराष्ट्रय जगतमा नेपालको शिर ठाडो हुँने गरि काम गर्ने प्रतिबद्धता समेत जनाए ।

अन्य देशहरुमा गएर हस्ताक्षर गर्ने तर नेपालमा आएर राष्ट्रियताको डम्फो बजाउने कार्य यो सरकारको नगर्ने बताए । नेपालमा अब कृषि आधुनिकरण जल बिद्युत उत्पादन पर्यटन भूर्वाधार बिकास व्यवसायी गर्दै अगाडी वढनेमा सरकार लागी परेको बताए ।

ज्ञवालीले यी सबै क्षेत्रहरुलाई व्यवसायी करण गर्दै परनिर्भरतालाई अत्य गर्ने सरकारको प्रथामिकता रहेको बताए । गुल्मी जिल्लालाई कृषि र पर्यटनको थुप्रै सम्भावना रहेकाले बिस्तृत खाका बनाई बिकासमा गुल्मीलाई चिनाउने गरि अगाडी वढन् आग्रह गरे ।

ज्ञवालीले मुलक अब नयाँ युगमा प्रबेश गरेकाले राज्यमा कुनै ढिला सुस्ती र भष्टचारको बिरुद्धमा राज्यले मुखदर्शक भएर नबस्ने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमण सद्भावका लागि मात्रै भएको ज्ञवालीले बताए ।

गठबन्धनको स्थिर सरकार गठन भएकाले भारतले आफुहरुसंग सहकार्य गर्न चाहेकाले प्रधानमन्त्रीको भारत भम्रण तय भएको उनले बताए । ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणले भारत र नेपालबिचको केहि समयदेखिको तिक्तत्ता मेटिने विश्वास व्यक्त गरे ।

देशमा स्थिर गठबन्धन सरकार गठन भएकाले यो पहिलो बर्ष धेरै महत्पूर्ण उच्च स्तरिय भ्रमणहरु हुने उनले बताए । ‘धेरै देशसंग मैत्रिपूर्ण सम्बन्ध स्थापित गर्ने लक्ष्य यो सरकारको हो, यो बर्ष थुप्रै मुलुकको भ्रमण हुन्छ,’उनले भने,‘सवैले देशमा स्थिर सरकार गठन भई शान्तिको वातावरण कायम भएको सन्देश पु¥याउने छन् ।’

नेकपा एमाले र माओवादी केन्द्रसँगको एकतालाई खलबलाउने प्रयास भइरहेकाले त्यो सफल हुन नसक्ने बताए । शुक्रवार उद्घाटन हुने भनिएपनि हावाहुरी र पानीले गर्दा शनिवार महोत्सवको बिधिवत रुपमा उद्घाटन भएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D