जिल्ला समाचार

देश बिदेशमा रहेका वामीका ठुलाखर्केहरु संगठित: अन्लाईनमै साधारण सभा, अन्लाईनबाटै बिधान

गुल्मी, भदौ ०३ । मुसिकोट नगरपालिका वार्ड नम्बर ८, ठुलाखर्कमा जन्मेर नेपाल लगायत बिदेशका १८ देशमा छरिएर रहेका ठुलाखर्केहरु संगठित भएका छन् । वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्दै उनिहरु संगठित भएका हुन् ।

गत साउन ३२ गते अन्लाइन (जुम) र भदौ १ गते गाउँ भेला मार्फत दुई कार्यसमिती गठन गरिएको अमेरिकाबाट सँस्थाका अन्तरास्ट्रिय समन्वय समितिका सचिब कुशल खरेलले गुल्मीन्युजलाई जानकारी दिए । सँस्थाले अन्लाइन मार्फत प्रथम अन्लाईन साधारण सभा २०७७ सम्पन्न गर्दै सँस्थाको बिधान-२०७७ पनि सार्बजनिक गरेको छ । सँस्थाका अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष झबिन्द्र खरेलको अध्यक्ष्यता साथै सस्थाका संरक्षकहरु प्राध्यापक डा. इस्वरी पान्डेय, रोमाकान्त सापकोटा र हेमनाथ खरालको आथित्यतामा अन्लाईन साधारण सभा सम्पन्न भएको हो ।

सँस्थाका कार्य समितीका अधिकांश पदाधिकारीहरु एवं सदस्यहरुको उपस्थिती रहेको बैठकमा करिब २ दर्जन बक्ताहरुले शुभकामना आदानप्रदान गर्दै सँस्थाको उज्ज्ल भबिस्यको कामना गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.इस्वरी पान्डेयले वामि बिश्व सम्पर्क मञ्च, यसका शाखाहरु तथा यो नबगठित प्रथम इकाइको सन्देशले समाजमा गर्ने न्याय बारे प्रस्ट्याएका थिए । अर्का संरक्षक रोमकान्त सापकोटाले नबगठित संस्थालाई शुभकामना दिँदै यो सँस्था सबै ठुलाखर्क प्रेमीहरुको साझा मन्च हुनेमा आफु विश्वस्त रहेको बताएका थिए । त्यस्तै सँस्थाका अन्तरास्ट्रिय समितिका सल्लाहकार शिवशंकर लामिछानेले यो अभियान ठुलाखर्केहरुको लागि महायज्ञ सरह रहेको र यसबाट सिंगो गाउँले नै फाईदा लिन सक्ने बताएका थिए । सँस्थाका उपाध्यक्ष मेघनाथ खराल “मुकुन्द”, स्थानिय समितिका कोषाध्यक्ष बेदप्रसाद खरेल, स्थानिय समितिका सल्लाहकार शेसकान्त खरेल, अर्का सल्लाहकार बुद्धिप्रसाद खरेल लगायतले बोल्दै कार्यक्रममा आफ्नो बिचार राखेका थिए । त्यस्तै चार घन्टा भन्दा बढी चलेको कार्यक्रममा सँस्थाका अन्तरास्ट्रिय समितिका सदस्य धनबहादुर बिश्वकर्मा, इन्जिनियर गोपाल खरेल, बेलायतबाट कमल खरेल, जापानबाट हिमाल लामिछाने र कमल खराल लगायतले बिचार राख्ने तथा शुभकामना दिने गरेका थिए ।

कार्यक्रममा प्रकाश लामिछाने, बिजय लामिछाने, हेमनाथ खराल, झबिन्द्र खरेल, कुशल खरेल लगायतको झन्डै दुइ दर्जन जनाको उपस्थिती रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D