जिल्ला समाचार

देविस्थान मावि घमिरको बार्षिक उत्सव सकियो, जनप्रतिनिधीद्वारा आफुलाई वास्ता नगरेको आरोप

टोपलाल अर्याल
गुल्मी, १६ माघ । मालिका गाउँपालिका ७ घमिरको देविस्थान माविको ४६ औ बार्षिकउत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसरमा भएको छात्र भलिवल प्रतियोगीतामा सगरमाथा सदन प्रथम र कञ्चनजंगा सदन द्धतिय भएको छ । त्यस्तै छात्रा भलिवल तर्फ प्रथम सगरमाथा र द्धतिय कन्चनजंगा सदन भएको बिद्यालयले जनाएको छ ।

कक्षा १ देखि ५ सम्मको कुर्ची दौडमा रितुमा खड्का प्रथम, जमुना विक द्धतिय र लाल बहाद्र विक तृतिय भएका छन् । भने छात्र दुई सय मिटर दौडमा प्रथम पवित्रा घिमिरे, द्धतिय देवकला लम्साल र कमला रोका मगर तृतिय भएका छन् । त्यस्तै छात्रा एक सय मिटर दौडमा प्रथम जीत बहादुर अर्याल, द्धतिय अमृत परियार र तृतिय कमल सुनार भएका छन् । महिला अभिभावक बेलुन फोर प्रतियोगीतामा हिमा गिरी थापा र साविकको वडा स्तरिय पुरुष अभिभावक रस्साकसीमा तेजेन्द्र अर्यालको समुह उत्कृष्ट भएको छ ।

त्यस्तै अन्तर सदनात्मक हाजिर जवाफमा धौलागिरी प्रथम र सगरमाथा सदन द्धतिय भएका छन् । कार्यक्रममा प्रध्यानाध्यापक हेमराज पौड्यालले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यालय व्यावस्थापन समिति अध्यक्ष ज्ञान बहादुर कार्कीको अध्यक्षता, सहायक जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता तथा शिक्षक मान बहादुर खड्काको संचालनमा सम्पन्न भएको छ ।

अक्ष्यकोष स्थापना गर्नेलाई सम्मान

बिद्यालयमा २ लाख ५० हजार बराबरको अक्ष्यकोष स्थापना गर्ने अक्ष्यकोषदातालाई सम्मान गरिएको छ । बुवा थम्मन बहादुर कार्की तथा आमा ललिकला र कुमारी कार्कीको स्मृतिमा छोरा दिल बहादुर, चुरा बहादुर कार्की, इन्द्र बहादुर कार्की र तिलक बहादुर कार्कीले बिद्यालयमा अक्ष्यकोष स्थापना गर्नुभएको छ । अक्ष्यकोष स्थापना गर्ने चारभाईलाई बिदालयले सम्मान गरेको छ । त्यस्तै ससुरा बुवा डिल्लीराज पन्थी र सासु नरिकला पन्थीको सम्झनामा ज्वाई चन्द्रकान्त घिमिरे र छोरी हरिकला घिमिरे १० हजार पाँच सय ५५ बराबरको अक्ष्यकोष स्थापना गर्नुभएको छ । घिमिरे दम्पतीलाई पनि बिद्यालयले सम्मान गरेको थियो । कार्यक्रमको बिचबिचमा बिद्यालयको तर्फबाट विभिन्न साँस्कृतिक प्रस्तुति रहेको त्यहाँबाट चन्द्रमा लम्सालले यो खबर पठाउनु भएको छ ।

जनप्रतिनिधीद्वारा आफुलाई वास्ता नगरेको आरोप

बिद्यालयको बार्षिक उत्सवमा कुनै जनप्रतिनिधीको उपस्तिथी भएन । मालिका गाउँपालिका ७ का वडा अध्यक्ष बेद प्रसाद पन्थीले आफुहरुलाई कुनै जानकारी नदिई बिद्यालयले बिद्यालयको कार्यक्रम सेट गरेर जनप्रतिनिधीलाई बाइपास गरेको आरोप लगाए । ‘गाउँपालिका उपप्रमुख आउँदा समेत वास्ता नगरेर कर्मचारीबाट कार्यक्रम उद्घाटन गराइयो’, उनले भने, ‘नैतिकताले जनप्रतिनिधी बस्नुको अर्थ थिएन ।’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D