मुख्य हेडलाईन

देउवा सरकाले ताजा जनादेशको अपमान गर्‍यो, सरकारले कुर्चीमै रमिता देखायो: नेता ज्ञवाली

टोपलाल अर्याल
गुल्मी, १६ पुस । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदिपकुमार ज्ञवालीले अहिलेको सरकारले ताजा जनादेशको अपमान गरेको बताए । चुनावको मत परिणाम सार्वजनिक भएको पन्ध्र बिस दिन बितिसक्दा समेत सरकारले कुर्चीमै रमिता देखाई रहेको आरोप लगाए ।

आइतबार सदरमुकाम तम्घासमा प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले यस्तो बताए हुन् । ‘आफुलाई लोकतन्त्रबादी बताउने नेपाली कांग्रेस र सभापतिको नैतिकता देखियो,’उनले भने,‘देउवा जी विभिन्न बाहानाबाजी गरेर कुर्ची छाड्न चाहँदैनन् ।‘ ज्ञवालीले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्ने निर्वाचन आयोग र सरकारको गतिविधी बिडम्बनापूर्ण रहेको प्रतिक्रिया दिए ।

निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न समेत उनले आग्रह गरे । ‘निर्वाचन आयोग कुनै राजनीतिक दलपट्टि लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय हो,’उनले भने, ‘आयोग जस्तो निकाय र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’ उनले संविधान र कानुनको अपव्याख्या गरेर अहिलेको सरकारले दृघकालिन असर पर्ने निर्णयहरु गरिरहेको बताए । ‘सरकारले सहमती भन्दा निहँु खोजिरहेको छ,’ज्ञवालीले भने,‘कुनै निर्णय पनि बामगठबन्धनलाई मान्य छैनन ।’

आलोपालो सरकार हुँदैन

आलोपालो सरकार गठनको बिषयमा पत्रकारले राखेको प्रश्नको जवाफ दिदै एमाले सचिव प्रदिव ज्ञवालीले त्यो कदापी हुन नसक्ने बताए । सरकार गठन पछि मन्त्रीहरुको कार्यशैलीका आधारमा कार्यविभाज हेरफेर भएपनि सरकार गठनमा आलो पाला नहुने दावी गरे । ‘आलोपालो भनेर एकता कसरी हुन्छ ? एउटै पार्टी भएपछि सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर होला,’उनले भने,‘ आलोपालो भन्नु, एकताबबाट भाग्न खोज्नु हो ।’ उनले एकताको बिषय केपी र प्रचण्ड वा एमाले माओवादीको भन्दा बहुमत नेपालीको भावना भएकाले एकता प्रति कुनै सन्देह नराख्न सवैलाई आग्रह गरे ।

माओवादीसंग सैद्धान्तिक बिषयमा असहमती छैन
गुल्मी क्षेत्र नं १ का सांसद प्रदिव ज्ञवालीले माओवादी र आफुहरुबिच कुनै सैद्धान्तिक असहमती नभएको बताए । उनले संंविधानमा समेत आफुहरुको बिचार प्रतिबिम्वीत भएकाले संगठनको संरचना र इतिहासको बिषयमा रहेका केहि असहमती पनि छिट्टै टुङ्गो लाग्ने बताए । असोज १७ गतेको छ बुदे सममती र घोषणा पत्रमा आफुहरु साझा बिचार रहेकाले सैद्धान्तिक समस्या नरहेको ज्ञवालीले बताए । उनले सरकार गठन अगाडी नै एकताको प्रारुप तयार हुने बताए । साथै ज्ञवालीले प्रदेशको राजधानी र प्रमुख तोक्ने बिषयलाई सडकमा बिसुन पोख्नु आवश्यक नरहेको स्पष्ट पारे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D