gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

दुई गाउँ जोड्दै दर्लिङको किम्फेदी झोलुङ्गे पुल

टोपलाल अर्याल
गुल्मी, ५ माघ । किम्फेदी झोलुङ्गे पुलको उद्घाटन भएको छ । मालिका गाउँपालिका वडा न २ दर्लिङको दुनाम खोला पुल निर्माण गरिएको हो । क्षेत्रगत कार्यक्रमको २४ लाख २६ हजार ५९, मालिका गाउँपालिकाको एक लाख ७० हजार तीन सय १७ रुपैयाँ र स्थानीय जनश्रमदानमा पुल निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष गोबिन्द पुनले बताए । पुल ४५ मिटर लामो रहेको छ । यो सृजनशिल सामुदायिक बिकास केन्द्रको सामाजिक तथा प्राबिधिक सहयोगमा निर्माण गरिएको हो । पुल ०७६ साल मंसिरमा निर्माण सम्झौता भएको थियो । यो पुल निर्माण भएपछि एकसय दुई घरपरिवार लाभान्वित भएका छन । पुल बनेपछि स्थानीयसङै च्यान डाडा माबिमा अध्ययन गर्ने विद्यार्थी सबैभन्दा खुशी भएका छन । किनकि उनीहरुलाई बर्खामा खोला बढे विद्यालय पुग्न र फर्किन निकै जोखिम थियो । विद्यालय आउँदा जादा बर्खामा खोलाको कारण कैयौं घन्टा कुर्नुपर्ने बाध्यता पुल निर्माणसंगै अन्त्य भएको विद्यार्थीको शशी पुनले प्रतिक्रिया दिए ।

पुलको नेकपा एमालेका केन्द्रिय सचीव तथा गुल्मी क्षेत्र न २ का साम्सद गोकर्ण बिष्टले उद्घाटन गरेका छन । पुर्व मन्त्री समेत रहेका बिष्टले अब पुल बनेसङै केही तत्काल दर्लिङको दुनाम पाटाखर्क र बागलुङका बालबालिकाले निशुल्क अङ्ग्रेजी शिक्षा प्राप्त गर्ने गरेर युडब्लुएस मार्फत स्कुल निर्माण गर्ने प्रतिवद्द्ता जनाए । आफू साझा उमेदवार भएकले जनताका सडक, शिक्षा खानेपानी, बिजुली लगायतका आधारभूत आवश्यकता पूरा गरेर भोट नदिनेहरुलाई पछुतो हुने स्थिति ल्याउने बताए ।

फेरिएको दुनाम पाटाखर्क

गाउँपालिका प्रमुख रित बहादुर थापाले दुनाम पाटाखर्क मालिका गाउँपालिकाको पनि बिकट गाउँ भएकाले स्थानीय तहपछी जनताका सबै आशा पुरा गर्न समय लाग्ने भएपनी स्वास्थ्य, सडक र शिक्षामा केहि नबिनतम काम गरिएको बताए । उनले दुनामका नागरिक स्वास्थ्य सस्थाको सिटामोल प्राप्त गर्न २ घन्टा हिड्नु पर्ने, सुत्केरी वा बिरामी हुदा डोकोमा बोक्ने र खोला बढे विद्यार्थीको स्कुल छुट्ने अवस्थाको अन्त्य गर्न गाउँमै सामुदायिक स्वास्थ्य इकाई, पुल र सडकको काम पूरा भएको थापाले बताए । उनले अब केही समयमै दर्लिङका नागरिकलाई पशुपालन मार्फत आयआर्जनसंग जोड्ने योजना गाउँपालिकाको रहेको बताए ।

स्थानीय तहपछी नौ झोलुङ्गे पुल

मालिका गाउँपालिकामा स्थानीय तहपछी नौ वटा झोलुङ्गे पुल निर्माण गरिएको मालिका गाउँपालिका प्रवत्ता शोभाखर गिरिले जानकारी दिए । दर्लिङको दुनाम झोलुङ्गे पुल संगै अर्जे र घमिर जोड्ने बाँसखोला पुल, घमिर र मर्भुङ जोड्ने दगास पुल, मर्भुङ र सिर्सेनी जोड्ने तिम्लेमा झोलुङ्गे पुल निर्माण गरिएको छ । त्यस्तै मर्भुङको हुलखोला पुल, ह्वाङ्दी र अर्खाबाङ जोड्ने निस्ती र म्याल पुल, अर्जेकै दुई गाउँ जोड्ने अर्जेबेसि पुल, हिले र दर्लिङ जोड्ने सिस्नेरी पुल निर्माण भएको गिरिले जानकारी दिए । त्यस्तै दुई करोडको लागतमा मालिका गाउँपालिका २ दर्लिङ र ५ छापहिले जोड्ने आकाशे पुल निर्माण हुदैछ ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D