जिल्ला समाचार

दशैंमा तम्घास बजार भित्र पार्किङ्ग गर्न नपाइने

अनिल खत्री
८ असोज, गुल्मी । वडा दशैं नजिकिदै जानथालेसँगै गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन गर्न बिभिन्न निर्णय गरिएको छ । बुधवार जिल्ला ट्राफिक कार्यालय गुल्मीमा बसेको सरोकारवालाहरुसँगको छलफल पछि बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई चाडपर्वको बेला व्यवस्थित गर्न बिभिन्न निर्णयहरु भएको हो ।

चाड पर्वको समयमा अन्य समयमा भन्दा धेरै भिडभाड वढने र सवारी चाप पनि वढने भएकाले ट्राफिक व्यवस्थापनलाई मध्य नजर राखेर जिल्ला ट्राफिक कार्यालय गुल्मीले सक्रियता बढाएको छ । बजार क्षेत्रमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म ठूला तथा साना सवारी साधनले माल समान लोड अनलोड गर्न नपाउने भएका छन् ।

बजार क्षेत्रमा कुनैपनि सवारी साधन चाहक बिना लामो समय पाकिङ्ग गरेर राख्न नपाइने,बजरमै मालसमान एक अर्को गाडीमा पल्टी गर्न नपाइने भएको छ । सवारी साधनमा माल लोड गर्दा धेरै सवारी साधन एउटै पसलमा राखेर लोड गर्न नपाइने भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै सदमुकाम बाहिरबाट बजार क्षेत्रमा प्रबेश गर्नेसवारी साधनले बसपार्क बाहेक अन्य क्षेत्रमा यात्रु चढाउन र झान नपाइने निर्णय भएको छ । बजार क्षेत्रको पुतली बजार क्षेत्रको शहिद चोकसम्म मोटरसाइकल लामोसमय समम पाकिङ्ग गरेर राख्न नपाइने निर्णय भएको छ ।

सडक छेउ, पेटीमा राखेर माल समान बिक्री गर्ने, निर्माण सामाग्री तोकिएको समयमै हटाउने गरि झार्ने र राख्ने निर्णय भएको छ । बजार क्षेत्रमा चाडपर्वको बेला अत्यधिक चाप वढ्ने र सवारी साधनले जाम समेत हुने भएकाले त्यसलाई मध्य नजर राखेर ट्राफिक व्यवस्थापन गर्न निर्णयहरु भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए ।

बजार क्षेत्रमा लामो समयसम्म जाम हुन नदिन र त्यसतर्फ सरोकारवालारुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तम्घास बजारमा साघुँरो सड्क भएकाले दिउसको समयमा अत्यधिक सवारी चाप वढ्ने हुनाले लामो समयसम्म सडक जाम हुने गरेको छ ।

ट्राफिक प्रहरीले चाडपर्व नजिकिएसँगै चेक जाँचलाई पनि कढाई गरेको छ । जिल्ला सदरमुकामबाट बाहिरिने सवारी साधनलाई क्षमता भन्दा वढि यात्रु राखेर हिडनेहरु माथी कारवाही पनि चलाइएको नायव निरिक्षक आचार्यले बताए । पछिल्लो केहि दिन यता ट्राफिक प्रहरीले क्षमता भन्दा वढि यात्रु बोक्ने र रातो नम्बर पिलेटका सवारी साधनहरु झण्डै २ दर्जन सवारी साधनमाथी कारवाही गरेको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D