जिल्ला समाचार

दशैंका लागि बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गुल्मीमा

अनिल खत्री
१३ असोज, गुल्मी । दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन थालेका छन् । दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयले मासुको रुपमा खानाको लागि भेडा च्याङग्रा किन्ने गर्दछन् ।

दशैंको लागि लक्षित गरेर बिभिन्न स्थानबाट तम्घास बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन व्यापारीहरु आउन थालेका छन् । गुल्मीको सदरमुकाम तम्घासमा बिशेष गरि छिमेकी जिल्ला बाग्लुङबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन गर्दछन् ।

वडादशैंको चहलपहल बढन थालेसँगै बजारमा बिभिन्न स्थानबाट किनमेल गर्न आउने भएकाले लक्षित गरेर भेडा च्याङग्रा बिक्री ल्याउनेहरुको सुरु भएको छ । यस वर्षको वडादशैंका लागि पनि छिमेकी जिल्लाबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याएको बाग्लुङ निसी खोला गाउँपालिका वडा नम्बर ४ का चुरामणी भट्टराइले बताए ।

२२ वर्ष यता भेडा च्याङग्रा पाल्दै आएका उनले पछिल्लो ५ वर्ष यता छिमेकी जिल्लाहरुमा बिक्री गर्न ल्याउन थालेको बताए । हाल झण्डै ६ सय वढि भेडा च्याङग्रा रहेका छन् ।

एउटा भेडाको १८ हजारसम्म पर्ने र प्रति केजी १ हजार पर्ने गरेको हेरिकन बिक्री गर्ने गरेका छन् । भट्टराईले हाल बाग्लुङसँगै, बेनी, पोखरा, गुल्मी अर्घाखाँचीसम्म लगेर बिक्री गर्ने गरेको बताए । वडादशैं लगायत अन्य पर्वहरुमा पनि बिक्री गर्ने गरेको उनको भनाई छ ।

सानो संख्याबाट व्यवसाय गर्दै आएका भट्टराइले बजारको राम्रो सम्भावना देखेपछि बढाउदै लगेको बताए । वर्षिक ४ सय भन्दा वढि भेडा बिक्ती गर्दै आएका भट्टराइले वर्षिक ४ लाख वढि कमाइ हुने गरेको बताए ।

पहिलो चरण झण्डै १ सय वटा भेडा च्याङग्रा बिक्री गर्न ल्याएका भट्टराइले धेरै संख्यामा लिएर हिडसमस्या पर्ने भएकाले थोरै थोरै लिएर हिड्ने गरेको भनाई छ । बिक्री गरेर सकेर पुन अर्को लटमा ल्याएर बिक्री गर्ने गरेको भेडा च्याङग्रा व्यवसायी बताउछन् ।

बिक्री गर्न लिएर हिडदा प्रशासनले समस्या पार्ने गरेको व्यासयीहरु बताउछन् । सरकारी क्षेत्रबाट व्यवसाय गर्न सहयोग पनि नपाएको र बिक्री गर्न लिएर हिड्दा भेटनरीको कागज खोज्ने गरेर दुख दिने गरेको बताउछन् ।

गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि वढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ । गाउँमा खसी बोका पाल्ने किसान घटिरहेकाले पनि खसीबोका अभाव भएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D