जिल्ला समाचार

दशैँ तिहारको अवसर पारेर मुसिकोट नगरपालिकाले बौद्धिक सम्मेलन गर्ने

प्रेम सुनार
गुल्मी, असोज ३१ । स्थानिय तहको निर्वाचन पछि पहिलो पटक गुल्मीको मुसिकोट नगरपािलकाले बौद्धिक सम्मेलन गर्न लागेको छ । उसले बिजयी दशमीको अवसरलाई रचनात्मक कार्यमा खर्चिने उद्देश्यका साथ कार्तिक ५ र ६ गते बौद्धिक सम्मेलन गर्न लागेको हो ।

नागरिकको शिक्षा, स्वास्थ्य समृद्धिका लागि नगरपालिकाको दायित्व , सम्भावना र चुनौती बिषयक बौद्धिक सम्मेलनमा केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकारको मातहतमा रहेका उच्च पदस्थ अधिकारी देखि नगर भित्रका उच्च बौद्धिक ब्यक्तित्वहरुको जमघट गर्ने अन्तिम तयारी पुरा भएको त्यस नगरका आर्थिक विकास समिति संयोजक तथा त्यस सम्मेलन मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।

उनले उक्त सम्मेलनलाई फलदायी र ऐतिहाँसिक बनाउनका लागि त्यहाँका सबै पक्ष एकजुट भएर लागी परेको बताए । त्यस्तै नगरपालिका प्रमुख सोमनाथ सापकोटाकाले यस सम्मेलनबाट नगरको समृद्धिको ढोका खोल्ने गरी बौद्धिक ब्यक्तित्वबाट सुझाव सल्लाह र मार्ग निर्देशन आउने बताउँ छन ।

‘हामी जनप्रतिनिधीहरु मात्रै सबै बुझेका नहुन सक्छौं , बौद्धिक ब्यक्तित्वहरुले समृद्ध नगरको गुरु योजना बनाउने ठुलो मद्धत पुराउने अपेक्षा लिएर सम्भवता स्थानितको गठन पछि देश मै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गरिएको छ’– नगर प्रमुख सापकोटाले भने–‘हामी समस्ता बौद्धिक बर्गको सहभागिताका लागि अपिल गर्दछौं । ’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D