जिल्ला समाचार

दशैँमा ऐतिहासिक सरायँ नाच

हुमाकान्त पोखरेल

गुल्मी, २६ असौज। गुल्मी, अर्घाखा“ची, प्युठान, पाल्पा र कपिलबस्तुका शक्तिपिठमा दशैंको भोलीपल्टबाट पूर्णिमासम्म सराँय नाच्ने प्रचलन छ । विशेषगरी सरायँ नाचमा खुडा, भाला, तरवार लगायतका हातहतियारको प्रदर्शन गर्ने गरिन्छ । घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन । पछि महाकाली ठूली हुँदै गइन् । र राक्षसलाई मारिन पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पुजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टिका लगाउने प्रचलन बस्यो । भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ बर्ष अघि द्धापरयुगमा सरायँ खेल्न थालिएको इतिहास छ । त्यसका साथसाथै शत्रुसँग भिड्ने तरिका सिक्ने तालिमस्वरुप पनि सरायँ नाच खेल्ने गरेको किम्बदन्ती छ । एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सरायँ नाच्ने गरिन्छ । द्धादशिको दिन बुल्म, त्रायोदशिको दिन जैसिथोकको बाहुनगाँउ, चर्तुदशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जै लगायतका क्षेत्रमा सरायँ नाच्ने गरिन्छ ।

तर पछिल्लो समय सरायँ नाच लोप हुने खतरामा परेको छ । नयाँ पुस्ताले अनुसरण गर्न नसक्दा ऐतिहासिक सराँय नाच लोप हुने खतरामा परेको हो । पछिल्लो समय नाच्ने कम र हेर्ने धेरै हुँदै गएका छन् । अहिले सरायँ नाच हेर्नेको भिड लाग्छ तर नाच्ने मान्छे हुदैँनन् । पहिले–पहिले सरायँ नाच्न पालो नपाइने ठाउँमा समेत अहिले सरायँको गोल पुग्दैँन । ‘यो चौरमा पनि पहिले नाच्ने ठाउँ नै हुदैनथ्यो, तर अहिले धेरै मान्छे देखिदैनन् ।’ बाहुनगाउँमा त्रायोदशिका दिन सरायँ खेल्न आएका धुर्कोट गाउँपालिका ४ जैसिथोकका ७१ बर्षिया मोतिलाल पोखरेलले, ‘पहिलेभन्दा धेरै कम रमाइलो लाग्न थालेको छ ।’ कुमारीदेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका पोखरेलले युवा पुस्ता विदेशीनु तथा भएकाले पनि सरायँ नाचप्रति चासो नदेखाउदा हराउदैँ जान थालेको बताए ।

पट्टा र मालश्री पनि लोप हुँदै

पछिल्लो समय फुलपाती भित्राउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । चाँपटारीबाट फुलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारीहरु झरेपछि मैदानमा करिव डेढ घण्टा रोचक पट्टा नाँच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको छ । यो परम्परा अरु कसैको लागि हो भन्ने मानसिकताको कारण अहिले त्यो प्रथा परम्परा लगभग हराएको छ ।

हतियार प्रदर्शनमा रोक, सँस्कृति लोप

मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरवार, खु“डा, खड्ग आदि हतियार एक आपसमा ठोक्याउ“दै ‘वाख्खै वा’ को भाषामा सराय“ खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरुन्’, ‘बाँचे आइसल’ जस्ता भाषा सरायँ नाचमा प्रयोग हुन्छन् । केहि समय पहिले हतियारनै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम त्यो छैन् । हतियार प्रर्दशन गर्दा दुर्घटना हुने डर बढि हुने भएकाले यो पछिल्लो समय छोडिएको छ । अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । पहिले पहिले राति अबेरसम्म हुने सरायँ नाच पनि अहिले बेलुका बढीमा ५ या छ बजेसम्म मात्रै हुन्छ । यो कुराले बुढापाका भने सन्तुष्ट छैनन् । ‘हतियारबिना त सरायँ नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने’ धुर्कोट गाउँपालिका ४ का ८२ बर्षिया दुर्गा बहादुर नेपालीले भने, ‘यस्ता कुराले मनमा नरमाइलो लाग्दो रहेछ ।’

सरायँ नाचँ : राष्ट्रकै गहना, पर्यटन पर्वधनमा सहयोग

सरायँ नाच नेपालका केहि पश्चिमि जिल्लामा मात्र नाच्ने गरिन्छ । सरायँ हेर्नकै लागि बसाई सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कन्छन् । सरायँ नाच्ने शक्तिपिठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिदैँनन्, धेरैले ब्यापार गर्ने अवसरसमेत पाँउछन् । रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका उपप्रध्यापक लिलाधर आचार्यले पनि सरायँको प्रचार–प्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने बताए । ‘एकातर्फ गाउँठाउँको विकास हुन्छ भने अर्कोतर्फ हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुन्छ ।’ उनले भने, ‘स्थानीय नागरिकदेखि सरकार सबैले ध्यान दिनु आवश्यक छ ।’ सँरायले गर्दा पर्यटक भित्राउन सके रोजगारी समेत सिर्जना हुने र आम्दानीको स्रोत बढ्ने उपप्रध्यापक भुसालले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D