जिल्ला समाचार

दलित गाउँको शिक्षाको ज्योति मदनलाल, एक्लो प्रयासमा सिंगो गाउँ नै उदाहरणिय बनाउँदै

टोपलाल अर्याल
गुल्मी, १४ बैशाख । रुरु गाउँपालिका ३ झमादीका मदनलाल बस्याल पछिल्लो समयमा उदाहरिणय पात्र हुन् । जो अहिले दलित गाउँको शिक्षाको ज्योति बनेर उदाएका छन्् । मलकारी मदनलालले गाउँका बालबालिकालाई बिद्यालय मात्रै बनाएनन् । उनीहरुलाई आधुनिक शिक्षाको पहुँच स्थापित गर्न दिनरात लागि परेका छन् । भने सफा, सुन्दर र नैतिक आचरणयुक्त गाउँको परिकल्पना गरेका छन् । मदनलालले केहि बर्ष पहिले बुबा आमाको नाममा करिव एक करोडको लगानीमा प्रेम बिष्णुदेवि प्रावि स्थापना गरेका थिए । अहिले भर्खरै बिद्यालयमा महायज्ञ लगाए । महायज्ञबाट करिव ८५ लाख संकलन गरे ।

बिद्यालयका सवै बालबालिकाहरुलाई मन्टेश्वरी बिधिबाट अध्ययन गराउने र गाउँलाई नैतिक आचरणयुक्त गाउँ बनाउने बस्याल परिवारको लक्ष्य उदाहरणिय रहेको वडाध्यक्ष शेषनारायण पौडेलले बताए । महायज्ञमा प्रमुख बाचक पण्डित चैतन्य कृष्णले प्रवचन दिए । उनले समाज आचरणहिन बन्दै जाँदा कुसंस्कार र संस्कृतिको विकास भएकाले महायज्ञ गरेर गीता मार्फत सत कर्मका बारेमा स्थानीयलाई जानकारी गराउने मदनलालको उदेश्य उत्कृष्ट र रचनानात्मक भएको बताए । चैतन्य कृष्णले जाँड रक्सी नखाने, प्राणी हत्या नगर्ने, देश निर्माणमा जुटने लगायतका बिषयमा स्थानीयलाई प्रतिवद्धत बनाएका छन् ।

प्रेम बिष्णुदेवि प्राविमा संचालन भएको महायज्ञमा करिव ८५ लाख संकलन भएको छ । त्यो सवै बिद्यालयको खातामा जम्मा हुने छ । खर्च सवै मदनलाल आफैले बेहोर्ने बताएका छन् । सायद यस्ता पात्र समुदायमा बिरलै भेटिन्छन् । सवै भन्दा कम समयमा महायज्ञ गरेर पनि मदनलालले बिद्यालयलाई ८५ लाख संकलन गरेका छन् । संकलित रकम अधिकांश उनीकै पहल र आफन्तले गरेका छन् ।

रुपन्देही देवदह ५ का राम बहादुर नेपालीले तीन लाख ५० हजार, रुपन्देही १३ कालिका नगरका बुद्ध बहादुर नेपालीले दुई लाख २१ हजार एक सय ११, रुरु ३ झमादीका धन बहादुर नेपालीले दुई लाख एक हजार दुई सय ११ र १० जनाले एक लाख बढि रकम तथा नौ जनाले ५० हजार माथी सहयोग गरेको आर्थिक समिति संयोजक टीका बहादुर केसीले बताए । उनका अनुसार करिव २० रोपनी जग्गा दान र अन्य सानो ठुलो रकम गरेर ८५ लाख जम्मा भएको छ । महायज्ञमा १५ लाखदेखि २० लाख खर्च आउने अनुमान आयोजकको छ । त्यो सवै खर्च आफैले बेहोर्ने र महायज्ञमा संकलन भएको सवै पैसा बिद्यालयकै बृति र विकासमा खर्च गरिने संरक्षक मदनलाल बस्यालले बताए ।

अव झमादी गाउँका सवै घर एउटै रङका हुनेछन् । गाउँ र बिद्यालयमा पुष्प बाटिका । बिद्यालयमा मन्टेश्वरी कक्षा । ‘यज्ञले झमादीमा नयाँ रौनक सुरु ग¥यो, केहि दिनमै डिपिआर गर्छौ, ’पण्डित चैतकन्यका व्यावस्थापक श्रीहरि गिरीले भने, ‘पारीबाट देख्नेले भन्नेछन, उ त्यो रक्सी नखाने गाउँ ।’ केहि दिनमा इन्जिनियर ल्याएर डिपिआर तयार गर्ने र स्थानीय तथा प्रदेश सरकार मार्फत झमादीलाई देशकै नमुना गाउँ बनाउने गिरीले बताए ।

समाज सुसंस्कृति बनाउँदै बालबालिकाहरुलाई गाउँमै आधुनिक शिक्षा प्रदान गर्न दलित बिपन्न र कम बिद्यार्थीले अध्ययन गर्ने बिद्यालयमा महायज्ञ गरेको व्यावस्थापक गिरीले बताए । शिक्षाको सुधार र गाउँको सरसफाईको योजनाबाट आफु प्रभावित भएकाले गाउँपालिका र अन्य निकायबाट योजना समावेश गर्ने रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले बताए ।

झमादी गाउँ । रुरु गाउँपालिका ३ थानपतिको दलित वस्ती हो । त्यहाँ करिव ७० घरपरिवार दलित समुदाय बसोबास गर्छन । उनीहरु आर्थिक, सामाजिक तथा चेतनाको हिसावले पछाडी छन् । त्यहि गाउँमा जन्मिएका हुन मदनलाल बस्याल । मदनलालले परदेशमै ४० बर्ष बिताए । जसले त्यो गाउँमा आफुले पढ्न पाएनन । तर गाउँका दलित बालबालिकाको लागि बिद्यालय खोले । बिस २०७१ सालमा मदनलालले आफ्नै लगानीमा करिव एक करोडको चारकोठे पक्की बिद्यालय निर्माण गरि प्रेम बिष्णुदेवि प्राथमिक बिद्यालय नामकरण गरिएको छ । बिद्यालयमा अहिले ३३ जना बिद्यार्थी छन् ।

पाँच जना जनजाति बाहेक बाँकी सवै दलित बिद्यार्थी भएको प्रध्यानाध्यापक जानका ज्ञवालीले बताइन् । बिद्यालयमा दरबन्दी, करार र स्थानीय स्रोतबाट गरेर पाँच जना शिक्षक छन् । बस्याल परिवारले बिद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरेका छन् । कोष मार्फत दुई जना शिक्षक राखिएको बिद्यालयका प्रध्यानाध्यापक ज्ञवालीले जानकारी दिइन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D