कौरव खत्री
गुल्मी, ३१ भाद्र । गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईमा समाजसेवीहरुको भेला सम्पन्न भएको छ ।
सम्पन्न भेलाले त्रिरत्न समाजसेवा युवा क्लवको विघटन गरि सुबेदार मेजर विष्णुध्वज खातीको अध्यक्षतामा ११ सदस्यीय त्रिरत्न समाजसेवा युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअमराई केन्द्रटोलको गठन गरिएको छ ।
समितिको उपाध्यक्ष अनिता राना,सचिव आनन्द प्रसाद श्रेष्ठ,कोषाध्यक्ष देवकला थापा,सह सचिव धन बहादुर हितान, अन्य सदस्यहरु सोम बहादुर राना,शंकर थापा,झलक बहादुर थापा,पदेन सदस्यमा वडाअध्यक्ष पूर्ण बहादुर हितान र पदेन सदस्यमै नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्राचार्य चिरिञ्जीवी थापा,पौदीअमराई चौकी इन्चार्ज समेत रहनुभएको ।
साथै सोही भेलाले भूतपर्वू जिल्ला विकास समिति सदस्य एवं बरिष्ठ समाजसेवी हरि बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा राम बहादुर राना,गंगा श्रेष्ठ रहनुभएको छ ।
भेला भूतपर्वू जिल्ला विकास समिति सदस्य एवं बरिष्ठ समाजसेवी हरि बहादुर थापाको अध्यक्षता रहेको भेलाको सञ्चालन भने समाजसेवी दुर्गा प्रसाद श्रेष्ठले गनुभएको थियो ।