त्रिरत्न ससमाजसेवा युवा क्लव गुल्मीको अध्यक्षमा सुबेदार खाती निर्वाचित

कौरव खत्री
गुल्मी, ३१ भाद्र । गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईमा समाजसेवीहरुको भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले त्रिरत्न समाजसेवा युवा क्लवको विघटन गरि सुबेदार मेजर विष्णुध्वज खातीको अध्यक्षतामा ११ सदस्यीय त्रिरत्न समाजसेवा युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअमराई केन्द्रटोलको गठन गरिएको छ ।

समितिको उपाध्यक्ष अनिता राना,सचिव आनन्द प्रसाद श्रेष्ठ,कोषाध्यक्ष देवकला थापा,सह सचिव धन बहादुर हितान, अन्य सदस्यहरु सोम बहादुर राना,शंकर थापा,झलक बहादुर थापा,पदेन सदस्यमा वडाअध्यक्ष पूर्ण बहादुर हितान र पदेन सदस्यमै नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्राचार्य चिरिञ्जीवी थापा,पौदीअमराई चौकी इन्चार्ज समेत रहनुभएको ।

साथै सोही भेलाले भूतपर्वू जिल्ला विकास समिति सदस्य एवं बरिष्ठ समाजसेवी हरि बहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा राम बहादुर राना,गंगा श्रेष्ठ रहनुभएको छ ।

भेला भूतपर्वू जिल्ला विकास समिति सदस्य एवं बरिष्ठ समाजसेवी हरि बहादुर थापाको अध्यक्षता रहेको भेलाको सञ्चालन भने समाजसेवी दुर्गा प्रसाद श्रेष्ठले गनुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ