जिल्ला समाचार

त्रिभुवन माबिको स्वर्ण महोत्सवमा १ दर्जन कलाकारले प्रस्तुती दिने, तैयारी अन्तिम चरणमा

सन्जु काउछा
मुसिकोट नगरपालिका वडा नं ६ स्थित भुवाचिदीमा रहेको त्रिभुवन माबिको स्वर्ण महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ३ गते देखी ७ गते सम्म चल्ने स्वर्ण महोत्सवको राष्ट्रपती बिद्यादेवी भण्डारी उद्घाटन गर्ने कार्यक्रम रहेको छ । “गुणस्तरीय प्राविधिक शिक्षा, नमुना बिद्यालय हाम्रो प्रतिबद्दता” भन्ने मुल नाराको साथ मनाउन लागिएको स्वर्ण महोत्सव पछी बिद्यालयले प्राविधिक तर्फ कम्प्युटर र नेपाल सरकार सहयोगमा नमुना बिद्यालय बनाउने लक्ष्य लिएको छ ।

स्वर्ण महोत्सवलाई भब्य र सभ्य बनाउन सबै समिती/उपसमितीहरु लागी परेको र कार्यक्रमलाई सफल बनाउन कुनै पनि कुरामा सम्झौता नगरिएको बिद्यालयका शिक्षक दिपक अर्यालले जानकारी दिए । त्यस्तै राष्ट्रपतीको सुरक्षा ब्यवस्थाको लागि पनि जिल्ला प्रशासन कार्यलय र बिभिन्न सुरक्षा निकायहरुसँगको समानवयमा बिशेष सुरक्षा प्रवन्ध गरिएको पनि अर्यालले बताए ।

स्वर्ण महोत्सवमा ५ दिन सम्म बिबिध साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिने प्रचार प्रसार संयोजक रबिलाल पौडेलले जानकारी दिए । उनले भने, “कार्यक्रम राष्ट्रपती बिद्यादेबी भण्डारीले उद्घाटन गर्नुहुने छ, त्यस्तै कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ ।”

कार्यक्रममा बद्री पंगेनी शान्तिश्री परियार, प्रिती आले, रामचन्द्र चन्द, शिव हमाल, कुशल बेल्वासे, पुरुशोत्तम भण्डारी (पुर्खे बा), पवित्रा सर्तुङ्गे, कृष्ण गुरुङ, कुशुम परीयार, बिष्णु श्रीपाली, दिपक परीयार लगायतले प्रस्तुती दिने पौडेलले बताए । साँस्कृतिक कार्यक्रमका अलावा बिबिध खेलकुद प्रतियोगिता, स्थानिय गुरुङ सँस्कृतीको झाँकी, भुपु बिद्यार्थीहरुको पुनर्मिलन, स्वर्ण महोत्सव स्तम्भ अनावरण, सभाहलको उद्घाटन, चन्दादातालाई सम्मान लगायत कार्यक्रमहरु पनि स्वर्ण महोत्सवका आकर्षणहरु रहनेछन् ।

बिद्यालयले सो लक्ष्य पुरा गर्न झन्डै डेढ करोड रुपैँया सहयोग गरिसकेको छ भने थप ५० लाख रुपैँया सहित २ करोड रुपैँया संकलन गर्ने लक्ष्य लिईएको बिद्यालयका प्रधानाध्यापक राम बहादुर थापाले बताए । गुल्मी जिल्लाको सदरमुकाम तम्घास देखी करीब २९ किलोमिटरको दुरिमा रहेको उक्त बिद्यालय बिं.स. २०२४ सालमा स्थापना भएको थियो ।

एकै व्यक्तिले दिए २० लाख, स्वर्ण महोत्सवको अबसरमा १ करोड वढि रकम संकलन
बिद्यालयको स्वर्ण महोत्सवको अबसरका बिभिन्न ब्यक्तिहरुबाट हाल सम्म १ करोड ४ लाख संकलन भएको बिद्यालयले जनाएको छ । बिद्यायलेको स्वर्ण महोत्सवसँगै शैक्षिक गुणस्तर गर्न भन्दै सोहि बिद्यालयका पूर्व बिद्यार्थी हाल बेल्जीयमा कार्यरत घनश्याम शर्माले २० लाख सहयोग गरेको बिद्यालयले जनाएको छ ।
बिद्यालयले स्वर्ण महोत्सव सम्पन्न गर्न भन्दै बिभिन्न तयारीहरु तिब्र पारेको जनाएको छ । स्वर्ण महोत्सव सम्पन्न गर्न बिद्यालयले सहयोग संकलनसँगै अन्य तयारी भइरहेको जनाएको छ ।

Show More

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।