जिल्ला समाचार

तेस्रो गुल्मी महोत्सवमा गुल्मी ‘रम्बा तारा दोहोरी गीत’ प्रतियोगित हुने

अनिल खत्री
२१ फागुन, गुल्मी । आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुँने तेस्रो गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सवलाई आर्कषक तथा रमाइलो बनाउनको लागी साँस्कृतिक पक्षलाई थप प्रभवकारी बनाउने उदेश्यले दोहोरी गीत प्रतियोगिता समेत राखिने भएको छ ।

महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एबं महोत्सव मुल आयोजक समितिका संयोजक दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवको प्रचार प्रसारको शिलसिलामा पोखरा पुगेको टोलीसँग दोहोरी गीत प्रतियोतिा सम्पन्न गर्न पोखरा नुडल्स प्रति बिच सम्झौता भएको अध्यक्ष पाण्डेयले जानकारी दिए ।

गुल्मी रम्बा तारा दोहोरीगीत प्रतियोगिता उत्कृष्ट हुनेलाई रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार दिने गरि सम्झौता भएको गुल्मीका अधिकृत बिक्रेता मृगेन्द्रप्रसाद श्रेष्ठले बताए । महोत्सवमा १० दिन सम्म बिभिन्न चरणमा प्रतियोगिता गराएर उत्कृट प्रतियोगी छनोट हुँनेछन् । रम्बा चाउचाउले अघिल्लो दोस्रो गुल्मी महोत्सवमा महोत्सवमा नृत्यक्षेत्रलाई अगाडी ल्याउने उदेश्यले रम्बा छमछमी नृत्य प्रतियोगिता समेत राखेको थियो ।

मुख्य प्रयोजकमा भुसाल ट्याक्टर सप्लायर्स

महोत्सवको मुख्य प्रयोजकमा भुसाल ट्याक्टर सप्लायर्सले गर्ने भएको छ । महोत्सव मुल आयोजक समिति र भुसाल ट्याक्टर सप्लायर्सका प्रबन्धक बालकृष्ण भुसाल बिच मुख्य प्रयोजक बन्ने सझौता भएको गुल्मी उद्योयग वाणिज्य संघका अध्यक्ष पाण्डेयले जानकारी दिए । महोत्सव सम्पन्न गठित मुल आयोजक समितिले गुल्मी लगायत मुख्य शहर बुटवल,पोखरा र काठमाडौंमा पुगी बिभिन्न प्रचार प्रसारका कामहरु गर्नुका साथै आर्थिक रकम संकलन अभियान पनि गरिरहेको वाणिज्यसंघ गुल्मीले जनाएको छ ।

तेस्रो गुल्मीमा महोत्सवमा २ सय स्टल

तेस्रो गुल्मीमा महोत्सवमा २ सय स्टल रहने भएका छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यहि आउँदो चैतमा तेस्रो गुल्मी महोत्सव हुँदैछ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा हुने महोत्सवको ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।

महोत्सव सम्पन्न गर्न २६ वटा उपसमिति
महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । महोत्सवलाई तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदान प्रयोग हुँने भएको छ ।

चिदीचौर खेल मैदानमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ । महोत्सव सम्पन्न गर्न राखिएका सबै स्टलहरु बुकिङ्ग भईसकेको बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । महासचिव भुसालका अनुसार केहि स्थानिय उत्पादनका सामाग्रीहरु राख्नको लागी बाँकी रहेको र अरु धेरै स्टल बुकिङ्ग भईसकेको बताए ।

घरेलु तथा कृषि,धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने मुख्य उदेश्य
जिल्लाको सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D