तानसेन-रिडी सडक बन्द भन्ने समाचार गलत : इन्जिनियर चौधरी

आश्विन ११, गुल्मी। तानसेन-रिडी सडक बन्द हुने भन्ने सूचना गलत रहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर राम बिहारी चौधरीले जनाएका छन् । जिल्ला प्रशासन र सडक बिभागसंग समन्वय नगरी चाडपर्वको मुखमा ठेकेदारले एकतर्फी रुपमा सूचना सामाजिक संजालमा राखी सडक बन्द हुने भनेकोले यो सूचना गलत भएको र सडक बन्द नहुने इन्जिनियर चौधरीले आफै गुल्मिन्युजलाइ फोन गरि जानकारी गराएका हुन्।

यदि बन्द गर्ने नै भए जिल्ला प्रशासन कार्यलाय र सडक विभागको छलफल पछि मात्र जिल्ला प्रशाशन कार्यालयले आधिकारी रुपमा जानकारी गराउने भन्दै उक्त समाचार गलत भएको बताए। ‘कमसेकम दशैं तिहार अगाडी सडक बन्द गरि काम गर्ने कुनै योजना नभएकोले सम्पूर्ण सर्वसाधारण र सम्बन्धित सबैमा जानकारी गराउछु’, चौधरीले फोनमा गुल्मिन्युजलाई भने।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ