जिल्ला समाचार

तम्घासमा सार्बजनिक सुनुवाई : ‘नेपाली भाषा लोप हुनेमा चिन्ता’

अनिल खत्री
३१ असार, गुल्मी । गुल्मीको एक सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानियले नेपाली भाषा लोप हुनेमा चिन्ता व्यक्त गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका गुल्मीले मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न गरेको बार्षिक समिक्षा कार्यक्रम एबं सार्बजनिक सुनुवाईमा उक्त चिन्ता ब्यक्त गरिएको हो ।

रेसुङ्गा नगरपालिकाको आयोजना र नेपाल पत्रकारमहासंघ गुल्मीको संयोजनमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्थानिय एबं सेवाग्रहीले नगर भित्र सबै बिद्यालयले अंग्रेजी माध्यम सञ्चालन गरेपछि नेपानली भाष संकटमा पर्नेमा चिन्ता व्यक्त गरेका थिए ।

सबै बिद्यालयले अंग्रेजी माध्यम मात्रै सञ्चालन गरे नेपाली बिषय पढछु भन्ने पढन पनि नपाउने र भाष पनि संकटमा पर्नेमा नगरपालिकाको ध्यानकर्षण गराएका थिए । नगरपालिकाले बजेट जति बजार क्षेत्रमै खनाएको र ग्रामीण र अरु वडाअरुमा कम लैजाने गरेको प्रति नगरपालिकाको ध्यानकर्षण गराएका थिए ।

सार्बजनिक सुनुवाइमा सेवग्रहीले योजना सम्झैताको क्रमम दुख पाएको, जवरजस्ती निजि जग्गामा डोजर लगाएर बाटो खनिएको प्रति गुनासो गरेका थिए । सार्बजनिक जग्गा मिचेर बनाइएका घरजग्गाहरु प्रति नगरको ध्यान नगएको प्रति गुनासो गरेका थिए ।

सेवाग्रहीले नगर भित्रका धेरै जसो स्थानमा मोटरबाटोहरु पुगेपनि वर्षातको समयमा सवारी साधान चल्ने गरि मर्मतको लागि तयारी अबस्थामा रहनु पर्नेमा जोड दिएका थिए । महिलाहरुको आयआर्जनका कार्यक्रममाहरुमा बजेटमा ध्यान दिनुपर्नेमा सुल्झाएका थिए ।

प्रगती समिक्षा एबं सार्बजनिक नगरपालिका प्रमुख डिल्लीराज भुसाल, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, नगरपालिका भित्रका वडा अध्यक्ष एबं बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका सुझाव, एबं गुनासाहरुमा जवाफ दिएका थिए । कार्यक्रममा नगरप्रमुख भुसालले नगरभित्रका गरिएका कामहरुलाई नजिकबाट हेर्न र यस्ता कार्यक्रमहरुमा सल्लाह सुझाव दिन आग्रह गरेका थिए ।

उनले नगरपालिका भित्रका कमी कम्जोरीलाई औल्याउन पाए आगामी दिनमा गरिने कामहरुमा टेवा मिल्नेमा जोड दिए । सेवग्रहीले उठाएका बिषयहरुमा नगरपालिका गम्भीर भएर लाग्ने बताएका थिए ।

कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरका बिभिन्न शिर्षकका बजेटमा अर्धवार्षिक प्रगतीहरु, आगामी दिनमा गरिन लागिएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय क्षेत्रका काम गर्ने गरि योजनाहरु अगाडी ल्याएको बताए ।

सार्बजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष अनिल खत्रीले सहजीकरण गरेका थिए ।
 

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D