gulminews logo
बुधबार, २०७९ जेष्ठ ११

तम्घासमा मनोसामाजिक सहयोग सम्बन्धी तालिम सम्पन्न

अनिल खत्री
२१ चैत, गुल्मी । पछिल्लो समय मृत्युदरको भारमा नसर्ने रोगहरुकोे भार बढिरहेकोमा मानसिक रोग एक प्रमुख रोग रहेको छ । सामाजमा पारिवारिक, आर्थिक लगायत विभिन्न कारणले समस्यामा रहेका व्यक्तिहरुलाई कसरी मनोसामाजिक परामर्श दिने भन्ने विषयमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सरोकारवालाहरुको लागि मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको छ ।

सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुको आयोजना तथा युनिसेफको सहयोग र रेसुङ्गा नगरपालिकाको सहकार्यमा कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगतको सरोकारवालाहरुको लागि मनोसामाजिक सहयोग सम्बन्धी तालिम सम्पन्न भएको हो । संस्थाले नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम गर्दै आएको छ ।

कोभिड १९ का कारण समुदायमा हिंसा र मनोसामाजिक समस्या बढेकोले समुदायका सरोकारवालालाई मनोसामाजिक समस्याका बारेमा ज्ञान दिन तालिम संचालन गरिएको हो । तिन दिनसम्म चलेको तालिममा सद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुका मनोबिमर्शकता शान्ति पण्डित, बाल संरक्षण अधिकृत अजय चौधरी, वास कार्यक्रम संयोजक साहित्य पोखरेलले मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिएका थिए ।

तालिममा रेसुङ्गा नगर भित्रका बिभिन्न क्षेत्रसँग सम्बन्धीत २४ जना महिला र ३ जना पुरुष गरि २७ जना सहभागि थिए । कोरोना पछि बढ्दो आत्मा हत्य र मानसिक समस्यालाई मध्य नजर राखेर मनोसामाजिक सहयोग प्रणीलाई स्थपना गरेको सद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे बताए ।

जिल्लामा आत्मा हत्याको संख्या बढदै गएको र लागु पदार्थ दूव्यर्सनी जान थालेको र घरेलु हिंसा तर्फ जान थालेको तथ्याङ्कका आधारमा कार्यक्रम गर्दै आएको घिमिरेले बताए । तालिको समापन गर्दै रेसुङ्गा नगरपालिकाकी उप्रमुख सिता भण्डारीले बिभिन्न कारणले मनोरोगीहरुको संख्यामा बृद्धि भएको बताइन । उनले तालिमबाट आफुले प्राप्त गरेका ज्ञानलाई समुदायमा गएर प्रर्शिक्षण गर्न आग्रह गरिन ।

तालिम निकै फलदायी भएको सहभागिहरुले बताएका छन् । तालिम पश्चात समुदायमा गएर केहि सहयोग गर्न सकिने सहभागिले बताएका थिए ।

तालिममा व्यक्तिमा देखिने मानसिक समस्याहरु, मनोसामाजिक समस्यामा कसरी समुदाय तहबाट सहयोग गर्न सकिन्छ भन्ने सम्बन्धि तालिम दिइएको थियो । तालिमपश्चात समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग र जटिल समस्या भएकाहरुलाई सिफारिस गर्नको लागी सहज हुने उदेश्यले तालिम दिइएको हो ।

यो पनि पढ्नुस्

धुर्कोटको निर्णय: विद्युतीय चुलो र घरको बीमामा छुटदेखि नि:शुल्क आवासीय शिक्षासम्म

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतिय चुलो खरिदमा छुटदेखि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D