जिल्ला समाचारस्वास्थ्य

तम्घासमा निशुल्क स्वास्थ्य शिबिर, पहिलो दिनमै ५ सय बढिको चेकजाँच

अनिल खत्री
गुल्मी माघ २७ । गुल्मीका समाजसेवी व्यक्तिको आर्थिक सहयोगमा तम्घासमा चलेको बृहत निशुल्क स्वास्थ्य शिबिरको पहिलो दिनमै ५ सय वढी बिरामीले सेवा लिएका छन् । मानबहादुर एण्ड मायादेवी फाउन्डेसनको आयोजनामा जिल्ला अस्पताल तम्घासमा गुल्मी २ दिन सम्म चल्ने स्वास्थ्य शिबिरको पहिलो दिन ५ सय भन्दा वढी बिभिन्न रोगका बिरामीहरुले चेकजाँच गराएको शिबिरको सहयोगी संस्था लोक दोहोरी प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिए ।
सोहि फाउन्डेसनले अर्घाखाँचीको वल्कोटमा पनि आयोजना गरेको थियो । वल्कोटमा पनि पहिलो दिन २ सय वढी बिरामीहरुले सेवा लिएका छन् । जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोड निवासी समाजसेवी मानबहादुर श्रेष्ठ र मायादेवी श्रेष्ठका छोराहरु ज्ञानेश्वर श्रेष्ठ, हिरन्यराज श्रेष्ठ नरेन्द्रमान श्रेष्ठ र बिरेन्द्र श्रेष्ठको आर्थिक सहयोगमा २ दिने बृहत निशुल्क स्वास्थ्य शिबिर आयोजना भएको हो ।
बृहत निशुल्क स्वास्थ्य शिबिरमा दात, हात खुट्टा,ढाड कम्मर पोल्ने,झमझमाउँने, बाथ रोग युरिकएसिड, सुगर रोग, मुटुको समस्या, इसिजी सेवा,नाक कान घाटी सम्बन्धी समस्या,खाना मन नलाग्ने, अनिद्रा, झस्कने, तर्सर्ने, आलस्या हुने, ओछ्यानमा पिसाप गर्ने, साथै स्त्रीसम्बन्धी महिनामारी अनियमित हुने लगायतका रोगहरुको चेक जाँचका लागी बिशेषज्ञ डक्टरहरुको व्यवस्था मिलाइएको श्रेष्ठ परिवारले जनाएको छ ।
बिभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिव, बिपन्न परिवारहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको समाज सेवी श्रेष्ठका छोरा ज्ञानेश्वर श्रेष्ठले बताए । शिबिरमा बिशेषज्ञ डाक्टरहरुको चेकजाँच र औषधीको पूर्ण रुपमा निशुल्क दिने गरि श्रेष्ठ परिवारको आर्थिक सहयोग रहेको छ । श्रेष्ठ परिवारले गत वर्ष पनि तम्घासमा बृहत निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेका थिए ।
शिबिरलाई सम्पन्न गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रष्तिठान शाखा गुल्मी, जिल्ला प्रहरी कार्यालय गुल्मी, शसस्त्र प्रहरी वल गुल्मी,विरभद्र जंग गुल्म,श्री सत्यसाई केन्द्र तम्घास र रेसुङ्गा युवा क्लव, लेकबेसी आमा समुहले सहयोग गर्ने भएका छ । स्वास्थ्य शिबिरमा काठमाडौबाट आएका बिभिन्न रोगका ३४ जना बिशषेज्ञ डक्टरहरुले चेकजाँच गरेका छन् । शिबिर आइतवार सम्पन्न हुँदैछ ।

Show More

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।