gulminews logo
सोमबार, २०७९ जेष्ठ ९

तम्घासमा थ्रीडि पार्क उद्घाटन, झन्डै ६० लाख रुपैँया निर्माण लागत

टोपलाल अर्याल
गुल्मी, ११ चैत । गुल्मीको तम्घासमा थ्रीडि पार्क उद्घाटन भएको छ । रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०-५० प्रतिशत साझेदारीमा ५८ लाख ८८ हजारको लागतमा थ्रिडि पार्क निर्माण गरिएको रेसुङा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

आर्थिक बर्ष ०७५/०७६ बाट पार्क निमार्ण कार्य अगाडि बढेको थियो । विभिन्न प्राबिधिक समस्याका कारण संचालन गर्न नसकिएको मरासिनीले बताए । शुक्रवार साझ पार्कको रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे । हामीले पार्कको संरक्षण गरे मात्रै पार्कले बजारलाई सौन्दर्य दिने बताए । समयमै हस्तान्तरण नभएका कारण पार्कले क्षती समेत ब्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै सबै जिम्मेवार बन्नुपर्नेमा भुसालले जोड दिए ।

लाँकुरीमञ्च तम्घासको मुटु हो । लाँकुरीको चौतारीमा बसेर थुप्रै व्यावस्थाका बिरुद्धमा खबरदारी हुन्थे । त्यहि मञ्चले थुप्रै नेता जन्मायो । मञ्चको बेग्लै पहिचान र इतिहास थियो । अहिले आधुनिक शहरको नाममा लाँकुरी मञ्च भत्काएर थ्रिडि पार्क निर्माण गरिएको छ । तर, संचालन र व्यावस्थापन प्रक्रिया अन्यौल भएका कारण पार्क लामो समय अलपत्र थियो । प्रमुख जिल्ला अधिकारी पुन्यबिक्रम पौडेलले नागरिकले आफ्नो सरह सरकारी सम्पतीको संरक्षणको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।

रेसुंगा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामीले आज पार्कको उद्घाटन गरेर भोलि फेरि लथालिङ्ग हुने अवस्थाप्रति जिम्मेवार बन्न सबैलाई अनुरोध गरे ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D