जिल्ला समाचार

तम्घासमा खानेपानीको समस्या : स्थानियलाई प्रति लिटर २५ पैसामा पिउने पानी

अनिल खत्री
१७ मंसिर,गुल्मी । प्रायजसो सुख्खा मौसममा खानेपानीको समस्या हुने गरेता पनि यसवर्ष प्रर्याप्त पानी नपर्दा हिउदा सुरु नहुदै खानेपानीको समस्या पर्न थालेको छ । गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको समस्या परेपछि नगरपालिकाले पिउने पानी बितरण सुरु गरेको छ ।
जिल्लाको सदरमुकाम तम्घासको वडा नम्बर ८ स्थित खानिगाउँका बिभिन्न स्थानमा पिउने पानीको समस्या आएपछी नगरपालिकाले ट्याङकरबाट बितरण सुरु गरेको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासिनीले बताए । स्थानियले पिउने पानीको समस्या भयो भनेर नगरपालिकामा गुनासो गरेपछि नगरपालिले तम्घासका बिभिन्न स्थानबाट पिउने पानी संकलन गरेर बितरण गरिएको अधिकृत मरासिनीले बताए ।
नगरपालिकाले तम्घासको बृहद खाने पानीबाट प्रति ट्याङकर ७ सयमा किनेर स्थानियलाई आबश्यता अनुसार प्रति लिटर २५ पैसाका दरले बितरण गरिएको मरासिनीले बताए । केहि दिनयता पिउने पानीको समस्या आएपछी खाने पानीको माग गर्दै नगरपालिकालाई स्थानियले ध्यानकर्षण गराएका थिए ।
नगरपालिकाले समस्या रहेका स्थानमा ७ ट्याङकर पिउने पानी बितरण गरिसकेको छ । एक ट्याङकरमा ६ हजार लिटर पानी अटाउने गर्दछ । सदरमुकामै रहेको वडा नम्बर ८ मा हिउँदो समयमा मात्रै खानेपानीको समस्या पर्दै आएता पनि यस वर्ष भने सुख्खा मौसम सुरु नहुँदै खानेपानीको समस्या देखिएको वडा अध्यक्ष भरत भलामीले बताए ।
उनका अनुसार वडा नम्बर ८ का ७० प्रतिशत जनतालाई खोनपानीको समस्या रहेकाले तत्कालको लागि ट्याङकरबाट भएपनि बितरण गर्ने कामको थालनी गरिएको बताए । यस वडामा पर्ने बिभिन्न स्थानमा १८ वटा भन्दा वढि निजि मुलहरु रहेकाले ति मुलहरुलाई व्यवस्थित र अन्य बिकल्पहरु पनि प्रयोग गरेर खानेपानी समस्या समाधानको लागि परेको भलामीले बताए ।
यस वर्ष प्रर्याप्त पानी नपर्दा छिट्टै मुहानहरु सुक्न थालेपछि खानेपानीको लागि समस्या पर्न थालेको हो । भएका मुलहरु व्यवस्थित नहुनु र मुलहरु सुक्दैजान थालेपछि खानेपानीको समस्या हुन थालेको खानिगाउँ खानेपानी समितिका अध्यक्ष बालसिंह काउछाले बताए ।
उनले वर्षातको समयमा मुलहरु वढ्ने गर्नाले सबैठाउँमा पानी पुग्ने गरेता पनि सुख्खा मौसम सुरु हुनथालेपछी भने मुलहरु नियमित घटदै जान थालेपछि समस्या गर्दै जान थालेको बताए । तत्कालै भएका मुलहरुलाई व्यवस्थित गर्ने र बोरिङ्ग सिस्टमबाट पनि खानी तानेर समस्या समाधानको लागि बिकल्प खोजिएको काउछाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D