जिल्ला समाचार

तम्घासबाट भारतको नयाँ दिल्लीका लागि डिलक्स बस सुचारु

अनिल खत्री
७ कात्तिक, गुल्मी । गुल्मीबाट पहिलो पटक भारतको नयाँ दिल्लीका लागि डिलक्स बस सेवा सुचारु भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्धारा सञ्चालित डिलक्स सेवा सहितको बस एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।

प्रालिले गुल्मीबाट सदरमुकाम तम्घासबाटबाट भारतका लागि सिधैं बस सेवा सुचारुभएको हो । सदरमुकाम तम्घासबाट काठमाडौंका लागि छुट्ने लु २ ख ४२३५ नम्बरको बसको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले शुभारम्भ गरेका हुन् ।

बस सेवाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले नेपाल भ्रमण वर्षलाई मध्यनजर यो सेवाले भारतबाट सिधैं गुल्मी पर्यटक आउन मद्दत मिल्ने बताए । स्तरिय सेवाले भारतबाट गुल्मी आउने पर्यटकहरुमा बृद्धि हुने नगर प्रमुख भुसालले बताए ।उनले यस सेवाले भारतबाट आउने र नेपाल बाट रोजगारि लगायत बिभिन्न कामको लागि सिधैं भारत जान सहज हुने बताए । सुरक्षित यात्रा गराएर यात्रुहरुलाई अधिकतम सेवा दिन नगरप्रमख भुसालले आग्रह गरे ।

नेपालबाट भारतको नयाँदिल्ली पुग्न प्रतिव्यक्ति ३२ सय रुपैयाँ लाग्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाका भरत काउछाले बताए । फोल्डीङ्ग सिट, एसी, सिसीटिभी, वाइफाई सहितको सुबिधा सम्पन्न डिलक्स बस गुल्मीको तम्घासबाट हप्ताको ३ दिन तम्घासबाट सिधै भारतको नयाँदिल्लीका लागि छुट्ने भएको छ ।

प्रत्येक हप्ताको सोमबार, बुधवार र शुक्रवार बिहान साढे दश बजे भारतको नयाँदिल्ली छुट्ने भएको हो । यस अघि गुल्मीको तम्घासबाट प्रत्येक दिन दिउँसो ३ बजे काठमाडौंका लागि छुट्ने गरेको छ । काठमाडौंबाट तम्घास गुल्मीको लागि भने बेलुकी ५ बजे छुट्ने व्यवस्था मिलाइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । डिलक्स बसबाट काठमाडौं पुग्न प्रतिव्यक्ति ११५० रुपैयाँ लाग्ने काउछाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D