कोरोनाजिल्ला समाचार

तत्काल राहत ल्याउन नेकपा सत्यवतिको माग

टोपलाल अर्याल
गुल्मी, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्यवती गाउँपालिकाले दैनिक ज्यालादारी गरेर साँझ बिहान खाने ब्याक्तिहरुका लागि राहातको प्याकेज ल्याउन गाउँपालिकालाई आग्रह गरेको छ । अध्यक्ष ठगप्रसाद ज्ञवाली र सचिब जितु तरामु मगरद्धारा जारी बिज्ञप्तीमा देश लकडाउनमा रहेका बेला पालिका भित्र रहेका दैनिक ज्यालादारी, मजदुर, असाहय, अशक्त, गरिब तथा बिपन्न परिवारका लागि न्यूनतम आवश्यकता परिपुर्ति गर्ने गरी राहतको प्याकेज ल्याउनका लागि स्थानीय सरकारसंग जोडदार माग गरेको छ ।

साथै सरकारले जारी गरेको लक डाउनको पूर्ण पालना गर्न र र स्वास्थ्य सम्बन्धी केही समस्या परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ । देश बिदेशबाट फर्किएकाहरुलाई अनिवार्य दुई हप्ता क्वारेन्टाइनमा बस्नका लागि पनि आग्रह गर्दै नेकपा सत्यवति गाउँकमिटीले दैनिक रुपमा आवश्यक पर्ने खाध्यबस्तुहरुलाई ढुवानीमा पालिकाले समन्वय गरी सहज रुपमा उपलब्ध गराउन पनि गाउँपालिकालाई अनुरोध गरेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker