जिल्ला समाचार

ढल फ्याँक्न सवा करोडको पुल, जनतालाई सास्ती

टोपलाल अर्याल
गुल्मी, १६ मंसिर। सदरमुकाम तम्घासको उदिनढुङ्गामा ढल फाल्नकै लागि झण्डै सवा करोडको पुल निर्माण थालिएको छ । जसका कारण थुप्रै नागरिकले सास्ती खेपेका छन् । केहि दिनदेखि रेसुंङ्गा नगरपालिका २ स्थित उदिनढुङ्गामा ढल निकासका लागि तम्घास–सिमलटारी–प्युठान सडक आयोजनाले पुल निमार्णको काम थालेको छ । सिङ्गो सडकनै भत्काएर पुल निर्माण गर्न थालेपछि धेरै जस्तो क्षेत्र नम्बर २ का नागरिकहरुले सास्ती वेर्होनु परेको छ । राम्रोसंग वैकल्पिक वाटोको खोजी नगरी प्रमुख सडकमै धमाधम पुल निमार्ण गर्न थालेपछि बृद्धबृद्धा, सदरमुकामबाट गाउँ पुग्ने साना–ठुला सवारीका साधन र बिरामीलाई समस्या भएको बस चालक भिम पाण्डेयले बताए ।

सानो खोल्सोलाई खनेर ठुलो कल्र्भट निमार्ण गरिदै ।

अहिले नजिक अरु बैकल्पिक मार्ग नभएकाले आम नागरिकहरु त्यहि निर्माणाधिन स्थलबाटै आवतजापत गर्दा दुर्घटना हुने जोखिम रहेको छ । ‘धेरै अप्ठ्यारो सडक भएर सवारी चलाएका छौ, पानी परे बन्द नै हुन्छ, दुई÷चार वटा मोडहरु अत्यन्तै साँघुरा भएकाले पाँच पटक व्याक गरेर कटाउनु पर्र्छ ।’ अर्का सवारी धनी दिपेन्द भट्टराईका अनुसार सजिलै आवतजावत गर्न नमिल्ने सडकको व्यावस्था गरेर मात्रै कल्र्भट निमार्ण गर्नुपर्ने बताए । सडक भत्काएर एकाएक कल्र्भट बनाउन थालेपछि आफ्ना वालवच्चा विद्यालय पठाउन समेत समस्या भएको स्थानीय सरस्वती कुवँरले बताइन् । ‘बसमा वालवच्चा स्कुल ल्याउन र लैजान सजिलो हुन्थ्यो,‘उनले भनिन’ सडक अप्ठारो भएकाले अहिले आउदैन हिडेर छोडन जाँदा पनि सारै अप्ठ्यारो भएको छ ।’ खोलानै नभएको स्थानमा पुल बन्न थालेपछि धेरैलाई आश्चर्य समेत लागेको छ । धेरै ठाउँमा खोला भएकै स्थानमा पुल नबने तर खोलानै नभएको स्थानमा पुल बनाउनु राज्य सम्पति दुरुपयोग भएको नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्टले बताए । ‘कस्तो दुर्भाग्य हेम पाइपले काम गर्ने ठाउँमा एक÷डेढ करोडको खर्च,’उनले भने,‘जनतालाई सास्ती पैसाको दुरुपयोग ।’

गुल्मी उद्योग वाणिज्य सघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले ४५ दिनमा सम्पन्न गर्ने गरि सहमती भएको बताए । जिप, वस व्यावसायी, वडाध्यक्षसहित उद्योग बाणिज्यसंघ बसेर निर्माण गर्ने सहमति भएको पाण्डेयले बताए । एकछिन दुख पाएपनि भोली राम्रो हुने भए किन बजेट फ्रिज गर्ने भनेर सवैको सहमतिमा काम भएको उनले बताए । एक करोड चार लाख रुपैयाँमा निमार्णको जिम्मा पाएको तारा लक्ष्मी न्यू लिजा जेभीका अनुसार आफुहरुले २० दिनभित्र कल्र्भट निमार्ण सम्पन्न गर्ने जनाएको छ । निर्माण व्यावसायी महेन्द्र भण्डारीले सवैसंग सहमती गरेर काम अगाडि बढाएको र मेसिन नभएकाले वैकल्पिक मार्ग तयार गर्न नसकेको बताए । उनले केहि दिनमा राम्रो वैकल्पिक मार्ग निमार्ण गरेर सहज रुपमा यातायात सञ्चालन हुने बताए ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker